MENU

बलिउड निर्देशक करण जौहर आइसोलेसनमा

बलिउड निर्देशक एवं निर्माता करण जौहर आइसोलेसनमा बसेका छन् ।

ट्विटरमा मार्फत निर्माता जौहरले आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएकाले आफू पनि १४ दिनका लागि आइसोलेसनमा बसेको जानकारी दिएका हुन् ।

ट्वीटर मार्फत जौहरले सार्वजनिक गरेको विज्ञप्तिमा परिवारका सबै सदस्य र अन्य सहयोगीको परीक्षण गरीएको र सबैको रिपोर्ट नेगेटिभ आएको तर आफ्नो वरपरका मानिस सुरक्षित रहुन् भनेर १४ दिनसम्म अलग्गै रहने निर्णय लिएको उल्लेख छ ।

(अन्तराष्ट्रिय संचार माध्यमको सहयोगमा)