MENU

विदेशमा रहेका नेपालीका लागि ४२ उद्दार उडान हुदै

Nepal Airlines at Sydney Airport, Picture: Kieran Wells Source: Windswept Aviation Photography

काठमाडौं, नेपाल ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले, तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ ।

आगामी बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान गर्ने तयारी भइरहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ।

सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ।

साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने उडान तालिका अनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।

त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्र्तगत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

केन्द्रले हालसम्म २४ वटा मुलुक हुँदै १ सय ५९ वटा उद्धार उडानबाट कम्तिमा २६ हजार नेपाली स्वदेश फर्किएको जनाएको छ ।

सरकारले जेठ २८ देखि उद्धार उडान सुरु गरेको थियो ।

सरकारले नियमित हुने व्यवसायिक उडान भने साउन ६ गतेसम्म रोकेको छ ।