MENU

‘वी लभ नेपाल’ भन्दै बार्सिलोनाले सेयर गर्‍यो नायिका प्रियंकाको तस्बिर

नायिका प्रियंका कार्की बार्सिलोनाको खेल हेर्न क्याम्प नाओ पुगेकी थिइन् । घरेलु मैदानमा लेभान्ते विरुद्ध भएको उक्त खेलमा बार्सिलोना २-१ ले विजयी भएको थियो ।

 

 

प्रेमी आयुष्मान देशराज जोशीसँगै क्याम्प नाओ पुगेकी प्रियंकाको तस्वीर बार्सिलोना फूटबल क्लबले आफ्नो आधिकारिक फेसबूक पेजमा राखेको छ ।

 

 

बार्सिलोनाको फेसबूक पेजमा प्रिंयकाको फोटो र भिडियो देख्न सकिन्छ । भिडियोमा प्रियंकाले आफू क्याम्प नाओ आउन पाउँदा एकदमै खुशी भएको बताएकी छन् ।

 

 

‘यो यस्तो अवसर हो, यस्तो मौका हो जुन म जिन्दगीभर बिर्सन सक्दिन । थ्याङ्क्यु फर द लभ ।’ प्रियंकाले भिडियोमा भनेकी छन् ।