MENU

समस्याकाे थुप्रोमा भिक्टोरियाका नेपाली विद्यार्थी; भन्छन् सुन बेचौ की ऋण काटौ (भाग १)

Chhatra Shankar
Editor at Nepalese Australian

Nepalese Student in Victoria

मेलवर्न । कोरोना भाइरसको दोस्रो वेभले भिक्टोरियाको अर्थतन्त्र डामाडोल भएको छ । राज्यको अर्थतन्त्र ओरालो लाग्दा त्यहाँका बासिन्दा प्रत्यक्ष मारमा त पर्ने नै भए ।

त्यसमा पनि अध्ययनका लागि भिक्टोरियामा रहेका नेपाली विद्यार्थीको अवस्था त झन–झन दर्दनाक बन्दै गएको छ । पहिलो वेभको संकटबाट उठ्नै लाग्दा विद्यार्थीहरु फेरी भाइरसको दोस्रो वेभका कारण उठ्नै नसक्ने गरी थला परेका छन् र विद्यार्थीको आर्थिक अवस्था चौपट बनेको छ ।

धेरै नेपाली विद्यार्थीहरुको एउटै गुनासो छ, जागिर गुमाएपछि कलेज शुल्क कसरी तिर्ने ? खानपान र बसाई खर्च त सरसापटीनै टारौला रे, तर, १२ देखि १७ हजारसम्म कलेज शुल्क कसरी जोह गर्ने ? एकातिर जागिर गुमेको पीडा छ, अर्को तिर कलेज शुल्कको चिन्ता, अनि संक्रमणको त्रास । भिक्टोरियाका विद्यार्थीहरु महामारीका बीच अभावै अभावको थुप्रोमा दैनकी गुजारी रहेका छन् ।

भिक्टोरियामा कस्ता छन् विद्यार्थीका समस्या ?

परदेशमा पढ्न पठाएका छोरा या छोरीले बा–आमासँग यस्तै समस्या सुनाएको भए पक्कै पनि बुवाआमाको मन थामिने थिएन् । एकfतिर कोरोना भाईरसको त्रास त अर्को तिर आर्थिक अभाव ! यही कारणले भिक्टोरियामा आर्थिक अभाव झेलिरहेका नेपाली विद्यार्थीहरुले दुखको भारी आफै बोकेका छन । उनीहरुले आफ्नो पीडा परिवारमा साटेका छैनन् ।

बरु समाजिक संजाल मार्फत आर्थिक अभावबाट कसरी उठ्ने भन्ने बारेमा सुझाव मागेका छन । अगष्ट १३ मा सामाजिक संजालमा आएको विद्यार्थीको समस्याले जो कोहीलाई पनि भावुक बनाउछ । कलेज शुल्क तिर्नकै लागि विद्यार्थीहरु आफ्नो जायजेथा बेच्न वाध्य भएका छन् ।

एक विद्यार्थीले आफ्नो समस्या यसरी राख्छिन्, “दाई हजुरलाई सुन बेच्ने ठाँउ थाहा छ । मेरो कलेजको फि तिर्नलाई ४ हजार पुगेन । श्रीमानको र मेरो गरी अलिअलि सुन छ । म त्यसलाई बेच्न चहान्छु । अथवा कृपया मलाई सहयोग गुर्नहोस सेप्टेम्वर सम्मको लागि ऋणमा ४ हजार दिनु हुन्छ भने पनि म खुशी हुन्छु १५ दिनका लागि ५०० सय ईन्ट्रेस तिर्छु ।”

एक अर्को विद्यार्थीले पनि समाजिक संजालमा आफ्नो समस्या यसरी पोखेका छन्,  “अहिले काम नभएर मैले उर्वर ईट्स गर्छु, महिनाको ४ सय पुग्छ घरभाडा अनि कलेजको फि पनि एकदम धेरै छ एउटा वाईक लिएर फुलटाईम उर्वर ईट्स गर्ने की भनेर सोचिहेको छु । मैले फाईनान्सको लागि एप्लाई गरेको एप्रुभ नै भएन । किनकी म विद्यार्थी भिषामा छु । कृपया कोहीले मलाई ६ हजार ५ सय सापटी दिन सक्नुहुन्छ भने दिनु होला म पाँच महिना पछि तिर्छु । मेरो कलेज फी ३५ सय तिर्नु पर्ने भो । लास्ट वार्निड लेटर आईसक्यो ।”

कोभिड प्रभावित विद्यार्थी के भन्छन ?

कोभिड संक्रमित विद्यार्थीको अवस्था झन् कहालि लाग्दो छ । एउटै युनिटमा बसेका साथीलाई कोभिड पोजेटिभ देखियो भने रुममेटले नै उनीहरुलाई छिछी र दुरदुर गरेका घटना पनि बाहिर आएका छन् । पोजेटिभ देखिएका मानिसहरुले अरुलाई संक्रमणबाट बचाउन सेल्फआइसोलेसनमा बस्नुपर्छ तर उनीहरुलाई पनि सहयोगको खाँचो छ ।

भाइरस संक्रमण भएर आक्तिएका बेला उनीहरुलाई झन कमजोर पारिनु हुँदैन । यदी एउटै युनिटमा बस्ने कसैलाई पोजेटिभ देखियो भने उसको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सही सुझाव र परामर्श दिनुपर्छ ।

कोभिड प्रभावित विद्यार्थीहरु एक त काममा जान पाईरहेका छैनन भने उनीहरुलाई खान बस्न पनि धौं धौं परेको गुनासो विद्यार्थीले गर्न थालेका छन् । कतिपय विद्यार्थीलाई राज्य सरकारले दिने राहत सहयोग र सामाजिक संघसंस्थाले दिने सहयोगका बारेमा पनि थाहा छैन ।

विद्यार्थीलाई राहतमुखी कार्यक्रम ल्याएका भिक्टोरियाका संघ संस्थाहरुले कोभिड प्रभावित सबैलाई पहुँच पुग्ने कार्यक्रम तय गर्नुपर्छ ।

हामीले प्रस्तुत गरेका विद्यार्थीका समस्या त प्रतिनिधि पात्र मात्र हुन यी र यस्तै समस्या भएका धेरै नेपाली विद्यार्थीहरु सहयोगको याचना गरिरहेका छन् ।

कोभिड प्रभावित नेपाली समूदायका लागि भिक्टोरियाका समाजिक संघ संस्थाहरूले कसरी काम गरिरहेका छन । हामी अर्को रिपोर्टमा प्रस्तुत गर्ने छौ ।

जनहितमा जारी :

यदी तपाँइ भिक्टोरियामा कोभिड प्रभवित हुनुहुन्छ भने सहयोगका लागि तलको लिंकमा जानुहेस ।

www.coronavirus.vic.gov.au/nepali मा जानुहोस् अथवा coronavirus हेल्पलाइनलाई 1800 675 398 मा (दैनिक २४ सै घण्टा) सम्पर्क गर्नुहोस् । (https://www.dhhs.vic.gov.au/coronavirus) लाई भन्नुहोस् यदी त्यहाँ सम्भव नभए NRNA, NAV, Consulate office लाई Nepali community dedicated Helpline number 1800 413 667 मा संपर्क गर्न सक्नुहुनेछ।

याे पनि पढ्नुहाेस ।

https://nepaleseaustralian.com.au/archives/4921