MENU

सिड्नीकी सीताको तीज गीत सार्वजनिक

सिड्नी ।  अस्ट्रेलियाको सिड्नीमा बसेर पत्रकारिता र समाजिक कार्यमा   सक्रिय सीता रसाइली बिश्वकर्माको स्वरमा सजिएको तीज गीत ‘बर्ष दिन बितेको’ सार्वजनिक भएको छ । बि बि अनुरागीको शब्द रचना तथा संगीत रहेको उक्त गीत भिभीड नेपाली मिडिया च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

डा. मोम बिश्वकर्माको प्रस्तुति तथा शंकर बि सीको निर्देशन र कोरियोग्राफी रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकारहरू अञ्जली अधिकारी, बन्दना नेपाल, उत्शा घिमिरे लगायत अन्य कलाकारहरुको उत्कृष्ट नृत्य रहेको छ ।

समाजमा ब्याप्त जातिय बिभेद र छुवाछुतको बिरुद्ध जनचेजना जगाउने उद्देश्यले यो गीत तयार गरिएको रसाइलीले नेप्लिजअस्ट्रेलियनलाई बताइन ।  रसाइलीको स्वरमा रहेको यो पहिलो गीत हो।

म्युजिक भिडियो हेर्नुहाेस ।

https://www.youtube.com/watch?v=5YcHkj-rSyk