MENU

सिड्नीको अवर्नमा चोरको टारगेट नेपाली पसल; चोरी बढेपछि प्रहरीले माग्यो नागरिककाे सहयोग

Auburn

सिड्नी, अर्बन । अस्ट्रेलियाको मध्य सिड्नी क्षेत्रमा पर्ने अवर्नमा हतियारधारीबाट श्रृङखलावद्ध रुपमा डकैतीको घटना सार्वजनिक भएपछि अवर्न प्रहरी एरिया कमाण्डले सार्वजनिक सहयोगका लागि आग्रह गरेको न्यू साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

जुन २८ तारिखमा राती साझ ७:१० मा नर्थम्रबल्याण्ड रोडको एक पसलमा डकैतीको पहिलो घटना सार्वजनिक भएको थियो । अनुहार छोपेका एक व्यक्तिले पसलमा प्रवेश गरेर रकम मागेको थियो तर पसलका मालिकले उसलाई चक्कु देखाएर लखेटेपछि लुटेरा खालीहात भागेको थियो । उक्त पसलका संचालक नेपाली हुन् ।

त्यसैगरी दोस्रो घटना जुलाई २ तारिखमा राती ११ बजे कम्बरल्याण्ड सडकको खाद्यान्न पसलमा भएको थियो । अनुहार छोपेका एक व्यक्ति चक्कु लिएर पसलेलाई रकम दिनलाई तर्साएका थिए । तर पसलेले लखेटेपछि उसले खाली हात भाग्नु पर्यो ।

तेस्रो घटना सोही खाद्यान्न पसलमा जुलाई ८ तारिखमा १०:५० मा भएको थियो । पेस्तोल बोकेका दुई व्यक्ति पसलमा प्रवेश गरेर रकमका लागि धम्की दिएका थिए । तर पसलेले तातो कफिको भाडो फालेपछि दुबैजना खाली हात भागेका थिए ।

त्यसैगरी चौथो घटना नर्थम्वरल्याण्ड रोडको एक मिश्रित सामान पाईने पसलमा जुलाई १३ तारिखमा राती ८:५० मा भएको थियो जसमा तीन जना मानिस पसलमा पसे । एक व्यक्तिले पसलका मालिकलाई कुटपिट गर्नुको साथै उसलाई भुईमा लडाए भने बाँकी दुई जनाले काउन्टरमा रहेको क्यास रजिस्टर लिए र तीनै जना भागे ।

अनुसन्धानकर्ताले डकैतीको सिसिटिभी भिडियो सार्वजनिक गर्दै सार्वजनिक सहयोगको लागि आग्रह गरेका छन् ।
घटनाको प्रत्यक्षदर्शी वा जानकारी भएका मानिसले अवर्न प्रहरी स्टेसनका डिटेक्टिभ वा आफ्नो परिचय नखुलाएर क्राइम स्टपर्सलाई १८००, ३३३, ००० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

अथवा https://nsw.crimestoppers.com.au मा जानकारी दिन सकिने छ । तर उनीहरुले यस्ता सूचना न्यू साउथ वेल्स प्रहरीको समाजिक सञ्जाल मार्फत नदिन आग्रह गरेको छ ।

https://nepaleseaustralian.com.au/archives/3928