MENU

डेभनपोर्टका नेपाली समुदायबाट उठेको १३ सय ८५ डलर एनआरएनएको कोभिड रिलिफ फन्डमा जम्मा

तास्मानिया । नेपालमा फैलिएको कोभिड विरुद्धको लडाईमा साथ दिने उदेश्यले गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले शुरु गरेको आर्थिक संकलन अभियानमा  अस्ट्रेलियाको नेपाली समुदायले सहयोग गर्नैक्रम जारी छ ।

यसैवीच एनआरएनएको अभियानमा साथ दिदै डेभनपोर्ट नेप्लिज कम्युनिटीले १३ सय ८५ डलर  सहयोग गरेको छ । कम्युनिटीको तर्फबाट चेतन कंडेलले आर्थिक संकलनको संयोजन  गरेका थिए । कंडेलले समुदायबाट उठेको रकम गैर–आवासीय नेपाली संघको खातामा जम्मा गरेको जानकारी दिएका छन् ।

समुदायले उठाएको रकम संघको खातामा  जम्मा भएको बताउदै  आवासीय नेपाली संघका अध्यक्ष केशव कंडेलले  डेभनपोर्टका नेपाली समुदायलाई  महामारीको समयमा   आर्थिक अभियान सहभागी भएकोमा  धन्यवाद दिएका थिए ।

केहीबर्ष अघिमात्र तास्मानियाको नर्थ वेस्ट क्षेत्रमा नेपालीहरु आउनेक्रम बढ्दै गएको हो । पीआरको संम्भावना खोज्दै यस क्षेत्रमा हाल २ सय भन्दा बढी नेपालीहरु अस्थायीरुपमा बस्दै आएका छन ।