MENU

एकैदिन १७ सय ९० कोरोना संक्रमित थपिए; २४ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७९१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मृतकको कुल संख्या १३ सय ६१ पुगेको छ।