MENU

नेपाल सरकारले पारित गर्यो लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा

नेपाल सरकारले कालापानी, लिम्पियाधुरा, टिङकरसहितको नयाँ नक्सा  पारित गरेको छ।

सरकारले जारी गरेको नयाँ नक्साले अतिक्रमित भूभाग फिर्ता ल्याउन नेपालको दाबीलाई सशक्त बनाएको छ।

पर्यटन मन्त्री योगेश भटराईले सामाजिक सञ्जालमा आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ। आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ। धन्यवाद प्रम केपी शर्मा ओली लेखेका छन् ।

बैठकमा भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव पेस गरेको थियो ।

भारतले गत कार्तिकका नेपाली भूमि मिचिएको राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले समेत आफ्नो नक्सा सार्वजनिक गर्न दबाब बढेको थियो ।

नेपालको पश्चिमोत्तर बिन्दु लिम्पियाधुरालाई मान्दै नयाँ नक्सा जारी गरेपछि भारतले नेपालको ३ सय ७२ वर्ग किलोमिटर क्षेत्रफलमाथि अतिक्रमण गरेको देखिन्छ।

राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेको थियो।