MENU

मेलबर्नमा हराएका नेपालीको खोजीमा सहयोग गर्न प्रहरीको अपिल

Aakash Shrestha missing from East Melbourne
Aakash Shrestha missing from East Melbourne

मेलबर्न । मेलबर्नमा गत शुक्रवार देखी सम्पर्क विहीन भएका आकाश श्रेष्ठको खोजीका लागि प्रहरीले स्थानीको सहयोग मागेको छ ।

२७ वर्षीय नेपाली श्रेष्ठले गत नोभेम्बर १३ तारिख ४ बजे र ४० मिनेट साँझमा आफ्नो परिवारको सदस्यसँग एसएमएस मार्फत सम्पर्कमा आएका थिए ।

उनले इस्ट मेलबर्नमा रहेको घरमा फर्कँदै गरेको जानकारी परिवारलाई गराएका थिए तर त्यसपछि उनी सम्पर्क विहीन भएका छन् ।

लामो समयसम्म सम्पर्क विहीन भएका कारण श्रेष्ठ बेपत्ता भएको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको छ र त्यसबाट जानकारी प्राप्त हुने अपेक्षा राखेको छ ।

मेलबर्न इस्ट प्रहरीले श्रेष्ठबारे जानकारी भए ९६३७११०० मा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।