क्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन बार्गेनिङ गरेको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा गरेको जानकारी गराएका हुन् ।
‘माननीय सदस्यहरू विषय प्रवेश भइसकेको छ, औपचारिक पत्र त आउने नै छ, मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ । सरकारको ध्यानाकर्षण पनि भइसकेको छ,’ संसद अवरुद्ध गर्न लागेका कांग्रेस सांसदलाई सभामुख सापकोटाले भने ।
त्यसअघि बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गरिएको बार्गेनिङबारे मन्त्रीले राजीनामा गरेर मात्र नपुग्ने भन्दै प्रधानमन्त्री ओलीको जवाफ र निष्पक्ष छानबिनको माग गरेकी थिइन् ।
कांग्रेसको विरोधपछि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक फागुन १३ गतेसम्मको लागि स्थगित गरेका छन् ।