MENU

लकडाउन अवधिमा विदेशमा ४ सयभन्दा बढी नेपालीको मृत्यु

काठमाडौं, नेपाल ।

लकडाउनको अवधिमा विदेशमा ४०६ श्रमिकको मृत्यु भएको छ ।

नेपालमा लकडाउन सुरुभएयता ३ सय ९१ पुरुष र १५ महिला श्रमिकको ज्यान गएको हो ।

तीमध्ये १ सय ५१ जनाको मात्रै शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

अब १ सय ९ वटा शव ल्याउन बाँकी छ भने १ सय ४६ वटा शव परिवारको सहमति लिएर सम्बन्धित देशमै अन्तिम संस्कार गरिएको बोर्डले जनाएको छ ।

साउदी अरबमा १ महिला र १ सय ४२ पुरुष, कतारमा २ महिला र ६२ पुरुष, मलेसियामा ६३ पुरुष, यूएईमा ५ महिला र ७४ पुरुष, कुवेतमा ६ महिला र ११ पुरुष, बहराइनमा ९ पुरुष, ओमानमा २ पुरुष, दक्षिण कोरियामा ६ पुरुष र अन्य विभिन्न देशमा १ महिला र २२ पुरुषको ज्यान गएको बोर्डले जनाएको छ।

साउदी अरबमा ६०, मलेसियामा १७, यूएईमा १३, कतार र कुवेतमा ४—४ तथा बहराइन र दक्षिण कोरियामा एकएक तथा अन्य विभिन्न देशमा ९ वटा शव बाँकी छन्।