काठमाडौं, नेपाल ।
अविरल वर्षासँगै आएको बाढी पहिरोमा नेपालका विभिन्न ८ जिल्लामा २३ जनाको मृत्यु भएको छ।
म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा गरि आज २३ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बाढी पहिरोका कारण आज २६ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएको गृहले जनाएको छ।
जाजरकोटमा पहिरोका कारण ७ जनाको ज्यान गएको ५ जना घाइते भएको र ५ जना बेपत्ता छन्।
कास्कीमा ७ जनाको ज्यान गएको छ १७ जना घाइते भएका छन्।
म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन्।
लमजुङमा ३ जनाको ज्यान गएको छ, ३ जना घाइते भएका छन्।
रुकुम पश्चिममा २ जनाको ज्यान गएको छ १ जना घाइते भएका छन्।
गुल्मीमा एक जनाको ज्यान गएको छ।
यसअघि हिजो सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी २ जनाको ज्यान गएको थियो।
२१ जना बेपत्ता छन्। त्यहाँ ७ जना घाइते भएका छन्।
बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।