MENU

सेप्टेम्बर महिनाबाट अन्तराष्ट्रिय विद्यार्थी अस्ट्रेलिया फर्कन पाउने

Nepalese Australian
  • करिब ३०० विद्यार्थी सेप्टेम्बर महिनाबाट एडिलेड आउन थाल्ने ।

  • विद्यार्थी र विश्वविद्यालयले यात्रा र क्वारेन्टाइनको लागि खर्च व्यहोर्न पर्ने ।

  • हङकङ, चीन र जापानका विद्यार्थी पहिलाे चरणमा आउन पाउँने ।

  • नेपालमा करिव १५ सय भन्दा बढी विद्यार्थी अस्ट्रेलिया आउने पर्खाइमा छन् ।

International Students in Australia

एडिलेड । अस्ट्रेलियाको संघीय सरकारले पहिलो ब्याचका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ल्याउने तयारी गरिरहदा अन्तर्राष्ट्रिय विद्यार्थी र विश्वविद्यालयले यात्रा र क्वारेन्टाइनको लागि खर्च व्यहोर्न बाध्य हुने भएका छन् ।

वाणिज्य मन्त्री साइमन बर्मिङघमले आइतबार घोषणा गरे अनुसार कोरोनाभाइरस महामारीका कारण प्रभावित भएको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न परिक्षण परियोजना अन्तर्गत करिब ३०० विद्यार्थी सेप्टेम्बर महिनाबाट एडिलेड आउने थाल्ने छन् ।
कोभिड—१९ को कारण विश्वविद्यालयहरुको बजेटमा करिब ३ विलियन डलरले प्रभावित गर्ने बताइएको छ ।

विदेशी भूमीमा रहेका एक लाख चिनीया विद्यार्थीमध्ये करिब ६५ हजार विद्यार्थी युनिभर्सिटी अफ सिड्नी र युनिभर्सिटी अफ मेलवर्नका रहेका छन् । त्यसैगरी, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको बजार रहेको भारत, नेपाल र भियतनामका विद्यार्थीहरु पनि आफ्नै देशमा रोकिएका छन् । नेपालमा करिव १५ सय भन्दा बढी विद्यार्थी अस्ट्रेलिया आउने पर्खाइमा छन् ।

विद्यार्थीहरुको पहिलो समूह सिंगापुरबाट विमानमा सेप्टेम्बर महिनाको सुरुवातमा आउने छन् जसमा हङकङ, चीन र जापानका विद्यार्थी पनि रहने छन् ।

मन्त्री बर्मिङघमका अनुसार दक्षिण अस्ट्रेलियामा यसै हप्ता विदेशबाट फर्केका यात्रुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको र सो घटनालाई परिक्षणका रुपमा प्रयोग गरिनेछ । यता भिक्टोरिया भने दोस्रो लहरलाई अन्त्य गर्न संघर्षरत रहेको छ जबकी न्यू साउथ वेल्समा भने एक अंकमा संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

मन्त्री बर्मिङघमले भने कि दक्षिण अस्ट्रेलियाले समुदायमा कोरोना भाइरस नफैलाएरै पनि अस्ट्रेलियन नागरिकको उद्दार गर्न सकिने कुरा प्रमाणित गरेको छ र सोही प्रकृया अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा पनि लागू हुनेछ ।

“अन्तर्राष्ट्रिय विद्यार्थीको अस्ट्रेलियासम्मको यात्रा वा क्वारेन्टाइनका लागि अस्ट्रेलियन करदाताको रकम खर्च नगरिने कुरामा जोड दिन चाहन्छु,” बर्मिङघमले भने ।

अन्तर्राष्ट्रिय विद्यार्थी जसले वार्षिक रुपमा सरदर ३० हजार डलर पढाईमा खर्च गर्छन उनीहरुले महामारीको समयमा सरकारको सुविधा प्राप्त गर्न सक्ने छैनन । महामारी सुरु भएको समयमा अस्ट्रेलियामा ४ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी रहेका थिए ।
अहिलेको अवस्थामा कक्षा लिनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीले कम्तिमा १५ दिने होटल क्वारेन्टाइनमा बस्नु पर्ने हुन ।

याे पनि पढ्नुहाेस्र ।

https://nepaleseaustralian.com.au/archives/4577

https://nepaleseaustralian.com.au/archives/3287