सिड्नी । गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले त्रैमासिक आय-व्यय विवरण सार्वजनिक गरेको छ । संघको त्रैमासिक आय १ लाख ५ सय ८३ डलर रहेको छ जसमध्ये ३४ हजार ८ सय ९२ डलर समुदायमा आधारित संस्थाहरु, २१ हजार डलर सरकारी एजेन्सी तथा २० हजार डलर कर्पोरेट क्षेत्रले गरेको सहयोग रहेको छ ।
गोफण्ड अभियानमार्फत व्यक्तिगत तवरबाट १२ हजार डलर र सोही मात्राको रकम आयोजित विभिन्न कार्यक्रमहरुबाट संकलन भएको जनाइएको छ । संस्थाले जनाए अनुसार कुल ७९ हजार ८ सय ९२ डलर खर्च भएको तथा २० हजार ६ सय ९१ डलर बचत भएको छ ।
साथै बचत भएको रकम कोभिडको लागि राहत र उपचार अभियानमा प्रयोग भइरहेको छ । सन् २०२० जुन ३० तारिखसम्मको ब्यालेन्स सिट अनुसार २ लाख ९९ हजार ७ सय ३१ डलर बैंक बचत रहेको तथा आम्दानी र खर्च प्रत्येक चौथाई अनुसार फरक पर्ने संघले जनाएको छ ।
एनआरएन अस्ट्रेलियाले विभिन्न संस्थाहरुसंगको सहकार्यमा कोराना भाइरसको महमारी सुरुवात भएसंगै खाद्यान्न राहत कार्यक्रम संचालन गरेको थियो र त्यसका लागि संघले २० हजार डलर निकाशा गरेको थियो ।
सो कार्यक्रम संचालनका लागि ७० वटा भन्दा बढि सामुदायिक संस्थाहरुले करिब ३४ हजार ८ सय ९२ डलर सहयोग गरेका थियो भने सरकारी एजेन्सीले २१ हजार डलर सहयोग गरेको थियो ।
गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले कोभिड १९ ले अक्रान्त यो समयमा संघले ल्याएका प्रोजेक्टहरुमा स्वस्फूर्त रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सामूदायीक संघ सस्था र सामाजिक अभियान्ताहरुलाई एनआरएनए अस्ट्रेलियाको तर्फवाट कृपज्ञता ज्ञापन गरेका छन् ।
“यो कार्यकाल चुनौतीका बीच रहको छ । पूर्वाद्धमा आगलागीको आकस्मिकता र अहिले कोभिडको सन्त्राले धेरै कठीन परिस्थिती सिर्जना भएको छ ।” पोखरेलले भने, “एनआरएनए अस्ट्रेलियालाई यो परिस्थितिमा आर्थिक रुपमा दिगो कसरी बनाउने भन्ने विषमा हामी गम्भिर छौं । नेपाली डास्यस्पराको बढ्दो जनसंख्या, समस्याको पुलिन्दा बढ्दै गर्दा यहाँको राज्य र संघीय सरकारको स्रोतहरुमा हाम्रो पहुँच कसरी बृद्धी गर्न सकिन्छ भन्ने बिषयमा लागि परेका छौ । यतिमात्र होईन हाम्रो डेनेशनलाई अझ ब्यवस्थित र ट्याक्स डिडक्टेवल बनाउने प्रक्रियामा गृहकार्य पनि गरिहरेका छौं । सस्थागत सुधार, पारदर्शिता र जनमानसलाई सहि सूचना प्रवाह गर्नुपर्छ भन्ने बिषयमा पनि हामी प्रतिवद्ध छौं ।”