MENU

म्याक्सवेल र केरीको शतकसँगै अष्ट्रेलियाले २-१ ले जित्यो इंग्ल्याण्डविरुद्धको शृंखला

शतक पूरा गरेपछि म्याक्सवेल
ग्रिन म्याक्सवेल

ग्रिन म्याक्सवेल र अलेक्स केरीको शतक मद्दतमा इंग्ल्याण्डविरुद्धको अन्तिम एकदिवसीय खेलमा ३ विकेटको जित निकाल्दै पाहुना टोली अष्ट्रेलियाले तीन खेलको शृंखला २–१ ले आफ्नो पक्षमा परेको छ।

बुधबार राति इङ्ल्याण्डले दिएको ३ सय ३ को लक्ष्य अष्ट्रेलियाले २ बल रहँदै ७ विकेट गुमाएर पूरा गर्‍यो।

म्याक्सवेलले ९० बलमा १ सय ८ रन तथा केरीले १ सय ६ रनको शतकीय पारी खेलेपछि अष्ट्रेलियाले जित हात पारेको थियो।

दुबैले छैटौं विकेटका लागि २ सय १२ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो।

इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय १२ रनको शतकीय इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त भएन।

यस्तै उसका साम बिलिङ्सले ५७ र क्रिस वोक्सले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए।

यसअघि भएको पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो भने दोस्रो खेल इंग्ल्यान्डले २४ रनले जितेको थियो।