MENU

पश्चिम अस्ट्रेलियामा चुनाव सम्पन्न लेबर पार्टी जित नजिक

WA election could be historical Labor landslide
WA election could be historical Labor landslide

पर्रथ । पश्चिम अस्ट्रेलियाको राज्य स्तरीय चुनावी मतदान सम्पन्न भएको छ । जस अनुशार  संघीय सरकारको नेतृत्व गरेको दल लिवरल  पछि परेको छ भने  संघीय सरकारमा प्रतिपक्षमा रहेको दल लेवरले बुहुमत ल्याउने मतपरिणामहरुले देखाएको छ ।

पछिल्लो मतपरिणाम अनुशार लेवर पार्टीले अग्रता लिएको छ । लेबर नेता मार्क म्याकगोवानले आफ्नो पार्टी ठूलो मतान्तरका साथ विजय हुने दावी गरेका छन् । चुनावमा  ७ लाख ५० हजारले मतदान गरेका थिए ।

म्याकगोवानले भने कि पश्चिमी अस्ट्रेलियालीहरूले उनको सरकारलाई समर्थन गर्नु पर्दछ किनभने यसले कोरोनाभाइरस महामारीको बेलामा “कडा निर्णय” गरेको थियो जसले जीवन बचायो र अर्थव्यवस्थालाई बचायो।