विश्व मानचित्रमा मानव अधिकार सुशासन र बहुसाँस्कृति समुदायको सम्मान गर्ने विश्वको सम्वृद्ध मुलक अस्ट्रेलिया । यहाँ हजारौं सपना बोकेर विश्वभरका मानिसहरु आउने गर्छन् ।
विश्वका मानिसहरुको संगम स्थल अस्ट्रेलियामा कडा कानूनी शासन छ । तर, पनि बेला बेला महिला विरुद्ध हुने हिंसा रोकिएको छैन् । अस्ट्रेलियाको संसद भवन भित्रनै महिलाहरुले यौंन दुव्र्यवहार तथा लैंगिक हिंसा भोग्नुपरेको भन्दै स्वतन्त्र छानविनको माग उठाईरहेका छन् ।
एक महिलाले आफूलाई ३३ वर्षअघि महान्यायाधिव्ताले बलत्कार गरेको आरोप लगाएकी छन् । यसरी एकपछि अर्को गर्दै महिला हिंसाका घटनाहरु बहिर आउन थालेपछि अस्ट्रेलियामा महिला विरुद्ध हुने हिंसाका बारेमा चर्को आवाज उठ्न थालेको छ ।
तर, हामीले भने अस्ट्रेलियाभर महिला हिंसाका घटनाहरुलाई लिएर बहस चलिरहदा नेपाली समुदाय भित्र महिला विरुद्ध हुने हिंसाको बारेमा अस्ट्रेलियाका नेपाली महिला कानुन ब्यावसयी र अभियान्ताहरुसँग बहसमा महिला विरुद्धको हिंसा सम्बन्धी बिशेष श्रृंखला शुरु गरेका छौं ।
अस्ट्रेलियाको नेपाली समुदायले जान्नै पर्ने कानुनका विविध पक्ष र नेपाली महिलाहरुले कस्तो प्रकारको घरेलु हिंसा भोगिरहेका छन भन्ने बारेमा क्विन्स्ल्याण्ड स्थिति नेपाली मुलकी कानुन ब्यवसायी बुनू गौंतमसँग पत्रकार छत्र शंकरले अस्ट्रेलियाको नेपाली समुदायमा महिला विरुद्ध हुने हिंसाका बारेमा गरिएको प्रश्नमा उनी यसो भन्छिनः
अस्ट्रेलियामा महिला हिंसा न्युनिकरण गर्ने भन्ने बारेमा कानुन तथा नीति नियमहरू छन, जसले हिंसा रहित समाजको परिकल्पना गर्दछ . तर, बास्तविक रुपमा महिला हिंसा चाहि बिध्यमान नै छ । आप्रवासी समुदायका महिलाहरू अझ बढी हिंसाबाट प्रभावित छन\। यही तथ्यलाई मध्यनजर गरेर अध्यागमन कानून (Migration legislation) मा सन् १९९४ मा घरेलु हिंसा सम्बन्धी बिशेष प्राबधान (Family violence provision) को ब्यवस्था गर्यो र त्यसलाई समय अनुसार केही हदसम्म परिमार्जन गर्दै ल्याइएको पनि छ। यसले के देखाउछ भने कानुनले कसैलाई पनि घरेलु हिंसा गर्ने छुट दिएको छैन र हिंसा पिडीत महिलाहरूले सुरक्षित र सहज रूपमा आफ्नो भिसा सम्बन्धी समस्या समाधान गर्न सक्छन।”
तर पनि ब्यबहारमा सोचे जस्तो छैन, महिला हिंसाका घटनाहरु घटिनै रहेका छन। कानूनको दायरा अझ फराकिलो पारिनुका साथै प्रभावकारी र ससक्त हुनुपर्छ भन्ने उनलाइ लाग्छ ।
अस्ट्रेलियामा आएका नेपाली समुदायका कतिपय पुरुषहरुमा अझै पनि पितृसत्तात्मक सोच रहेकै कारणले पीडकलाई समाजले समाजसेवीको रूपमा सम्मान गरिएको कुरा पनि चर्चामा आउने गर्दछ।
आर्थिक तथा सामाजिक कारणहरूले पनि नेपाली समाजमा हिंसा बढेको कानुन ब्यवसायि बुनूको बुझाई छ। उनी भन्छिन, “हिंसाबाट महिलामात्रै होइन पुरुषहरु पनि महिलाहरुबाट पिडीत भएका छन् ।” हिंसाको परिभाषालाइ अझै प्रष्ट पर्दै बुनू भन्छिन, “यौनजन्य र शारिरीक हिंसा मात्रै हैन, आर्थिक र मानसिक लगायतका अन्य प्रकारका हिंसा पनि पर्छन। महिलाहरुको अस्तित्व र वौधिकताको बेवास्ता गर्नु, महिला भनेर होच्याएर ब्यबहार गर्नु, समान ब्यबहार नगर्नुपनि एक प्रकारको मानसिक हिंसा नै हो । धेरै नेपालीले महिलाहरूले आफु समाजबाट यस प्रकाको पीडा भोगेको गुनासो गर्छन। अस्ट्रेलियामा रहेका कतिपय नेपाली महिलाहरुले समाजकै देशकै प्रतिष्ठा बढाउने काम पनि गरेका छन् । उनीहरुले समाजमा पुरुषहरु भन्दा उदारहणीय काम गरेका छन् । तर पुरुषहरुले सजिलै महिलाको योगदान र अस्तित्व स्वीकार गर्दैनन् । किनकी पितृसत्तामक सोचबाट हाम्रो समाजले उन्मुक्ति पाउन सकेको छैन। अस्ट्रेलियामा आएका नेपाली समुदायका कतिपय पुरुषहरुमा अझै पनि पितृसत्तात्मक सोच रहेकै कारणले पीडकलाई समाजले समाजसेवीको रूपमा सम्मान गरिएको कुरा पनि चर्चामा आउने गर्दछ।”
ब्यबहारीक र कानूनी कठीनाइका बावजुद पनि आफ्नो कानुनी अभ्यासका क्रममा नेपाली समाजका मात्रै होइन अन्य आप्रबासी समाजका कयौ हिंसा पिडित महिला तथा पुरूषलाइ बुनुले सेवा प्रदान गरिसकेकी छन् अथवा भनौ यस्ता थुप्रै केस पार लगाएकी छिन्। ।
नेपालबाट विद्यार्थी भिसामा अस्ट्रेलिया आएका कतिपय युवायुवतिहरु पनि पारिवारिक कलह कारण तनावपूर्ण अवस्थामा बुनुको परामर्शमा पुगेका छन् । उनी भन्छिन् घर झगडामा परेपछि डिपेन्डेन्ट भिसा (dependent visa) मा आएकाहरु बढीनै समस्यामा हुन्छन् । किनकी उनीहरुलाई आफ्नो भिसा क्यान्सिल गरिदिन्छ की भन्ने डर हुन्छ । तर, बुनू गौतम भन्छिन् भसा खारेज हुन्छ भनेर घरेलु हिंसा सहेर बस्नैपर्छ भन्ने छैन र बस्नु हुँदैन पनि।
किनकी यसो गर्दा कुनै दिन आफ्नो ज्यान नै जोखिममा पर्न सक्छ। ज्यु ज्यान भन्दा भिसा ठुलो होइन । घरेलु हिंसा भोगेका र डिपेन्डेन्ट भिसामा भएका महिला तथा पुरुषहरुका लागि कतिपय अबस्थामा प्रोटेक्सन भिसाको पनि बिकल्प हुन्छ र पिडकले भिसा क्यानसिलेसनका लागि निवेदन दिएकै भरमा पिडितको भिसा क्यान्सिल हुनसक्दैन । त्यसैले पिडीतले आफ्नो अधिकारको बारेमा जानकारी राख्नुपर्छ। कानुन ब्यवासायीसँग परामर्श लिनुपर्छ। हतोत्साही हुनुहुन्न।
अध्यागमन कानुनको बिशेष ब्यवस्थाले पट्नर भिसका आवेदक र ग्लोबल ट्यालेन्ट भिसाका डिपेन्डेन्ट एप्लिकेन्टलाई मात्र समेटेको छ । विद्यार्थी भिसा लगायत अन्य टेम्पोरी अथवा परमानेन्ट भिसाका डिपेन्डेन्टलाई समेटेको छैन। यस्तो अबस्थामा आफ्नो भिसामा नकारात्मक असर पर्छ भनेर पनि डिपेन्डेन्टले हिंसा सहेर बसेको देखिन्छ। नेपाली समाज पनि यस्ता समस्याबाट प्रभाबित धरै छन्। किनभने महिला हिंसाबाट अस्ट्रेलियाको रैथाने समाज पनि प्रभावित भएको छ ।
अहिल चर्चामा आएका अस्ट्रेलियन संसद भवनमा महिलाहरुले भोग्नु परेको यौंनजन्य हिंसा साथै ब्रिजवेनमा धनीवर्गका छोरी पढ्ने एउटा कलेजका केटीहरुले आफुहरु त्यस्तै अर्का कलेजका केटाहरुबाट हिंसा सहन परेको घटना बाहिर आएको कानुन ब्यवसायि बुनू गौतम सुनाउदै भन्छिन, “अस्ट्रेलियाको समाजमा त यस्ता घटनाहरु हुन्छन हाम्रो नेपाली समाज जो पितृसतात्मक सोचबाट जकडिएको छ ।”
हिंसाको विरुद्ध अगाडी आउनु पर्छ। पिडीतलाई अगाडि आउन मद्दत गर्नुपर्छ। पुरुषहरुले पनि महिलाहरुलाई अगाडी आउन प्रोत्साहन गर्नुपर्छ । नेपाली समाज भित्र हुने घरेलु हिंसालाई वाहिर ल्याउनुर्छ । नेपाली नेपाली बिचको कुरा हो भनेर अपराधलाई समुदाय भित्रै लुकाउनु वा दवाउनु हुन्न ।
बुनूले महिला विरुद्ध हुने हिंसामा महिला मात्र होईन की पुरुषहरु पनि उतिकै जिम्मेवार हुनुपर्नै तर्क राख्छिन् । उनी भन्छिन्, “नेपाली महिलाहरू अझ ससक्त हुनुपर्छ । हिंसाको विरुद्ध अगाडी आउनु पर्छ। पिडीतलाई अगाडि आउन मद्दत गर्नुपर्छ। पुरुषहरुले पनि महिलाहरुलाई अगाडी आउन प्रोत्साहन गर्नुपर्छ । नेपाली समाज भित्र हुने घरेलु हिंसालाई वाहिर ल्याउनुर्छ । नेपाली नेपाली बिचको कुरा हो भनेर अपराधलाई समुदाय भित्रै लुकाउनु वा दवाउनु हुन्न ।”
अस्ट्रेलिया आएपछि यहाँ सबै नेपालीहरु पार्ट अफ अस्ट्रेलियन हुन् । त्यसैले हामीले हाम्रो समाजमा हुने हिंसाका कुनैपनि अपराधिक क्रियाकलाप समाज भित्र भित्रै गुपचुप पार्नुहुन्न । महिला होस या पुरुष हिंसालाई बाहिर ल्याउने आँट गर्नुपर्छ । यहाँको कानुन पिडीतलाई न्याय दिन्छ भन्ने कुरामा बिश्वास गर्नुपर्छ ।