MENU

नेपालका कोभिड प्रभावितहरुको सहयोगका लागि लनचेस्टनमा कार्यक्रम गरिदै

लनचेस्टन । तास्मानियाको नर्थ वेस्टमा बस्ने नेपालीहरुले मातृभृमीका कोभिड प्रभावितभएकाहरुका लागि आर्थिक संकलन अभियान जारी राखेका छन् ।

तास इभेन्ट लनचेस्टनको आयोजनामा यही जुन २० तारिखमा कोभिड प्रभावितहरुका लागि आर्थिक संकलन गर्नै उदेश्यले च्यारिटी कार्यक्रम  आयोजना गरिएको  हिमालय रक फिल्ड ब्याण्डका म्यानेजर सुलभ मास्केले जानकारी दिए ।

कार्यक्रममा  स्थानीय नेपाली ब्यवसायीहरुको फुड स्टलहरु रहने मास्केले बताए ।   मानवताका लागि सहयोग कार्यक्रमबाट उठेको रकम नेपालका कोभिड प्रभावितहरुलाई हस्तारण गरिने  आयोजनकले जनाएको छ ।

कार्यक्रम लचेस्टनको  हेरिटेज पार्क मोउब्रे  जुन २० को  अपराह्न्ह १२ बजेदेखि ५ बजेसम्म संचालन हुने  लनचेस्टन मार्टका मनोज श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमलाई हिमालय रक फिण्ड बेण्ड, लनचेस्टन मार्ट र नाङ्लो  रेष्टुरेण्टले सहयोग गरेको  नाङ्लोका संचालक आदित्य सिंहले बताए ।