MENU

यस वर्षको नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई

Abdulrazak Gurnah Is Awarded the Nobel Prize in Literature
Abdulrazak Gurnah Is Awarded the Nobel Prize in Literature 2021

काठमाडौं– सन् २०२१ को नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने भएको छ। बिहीबार स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले यस वर्षको नोबेल साहित्य पुरस्कार गुर्नहलाई प्रदान गरिने घोषणा गरेको हो।

‘उपनिवेशवादको प्रभाव तथा संस्कृति र महादेशीय खाडलका बीच शरणार्थीको भाग्यका बारेमा’ उनको निरन्तरको लेखनलाई आधार बनाएर गुर्नहलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइएको स्विडिस एकेडेमीले जनाएको छ।

सन् १९४८ मा तान्जानियाको जन्जिबारमा जन्मिएका गुर्नह १९६० को दशको अन्त्यतिर शरणार्थीका रूपमा बेलायत प्रवेश गरेका थिए थिए।

हाल बेलायतमा बस्दै आएका उनले १० वटा उपन्यास लेखेका छन्। उनका धेरै उपन्यास शरणार्थीको भोगाइ र अनुभवमा आधारित छन्।

वोल सोयिन्कापछि नोबेल साहित्य पुरस्कार पाउने गुर्नह पहिलो अफ्रिकी मूलका लेखक हुन्। सोयिन्कालाई सन् १९८६ मा नोबेल साहित्य पुरस्कार प्रदान गरिएको थियो।

गुर्नहले सन् १९९४ मा लेखेको ‘प्याराडाइज’ उपन्यासले बूकर प्राइजको सर्टलिस्टमा परेको थियो। गुर्नुहलाई उपन्यासकारका रुपमा परिचित गराएको उक्त उपन्यास २०औं सताब्दिको प्रारम्भतिर तान्जानियामा हुर्किँदै गरेका युवाको कथामा आधारित छ।

गत वर्ष उनको ‘आफ्टरलाइभ्स उपन्यास प्रकाशित भएको थियो। उक्त कितावमा गुर्नहले २०औं शताब्दीको सुरुवातमा जर्मन शासनका क्रममा पश्चिमी अफ्रिकाको जीवन र भोगाइलाई उनले उपन्यासमा प्रस्तुत गरेका छन्।

उनका ‘ग्राभेल हार्ट’, ‘द लास्ट गिफ्ट’, ‘बाई द सी’, ‘मेमोरी अफ डिपार्चर’, ‘पिलग्रिम्स वे’ लगायतका उपन्यास प्रकाशित छन्।

नोबेल साहित्य पुरस्कारको राशि १ करोड स्विडिस क्रोनर (करिब १३ करोड रुपैयाँ) रहेको छ।