MENU

गीताञ्जली श्रीः बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका

Geetanjali Shree's book is the first Hindi work to win the International Booker prize 2022
Geetanjali Shree’s book is the first Hindi work to win the International Booker prize 2022

गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका बनेकी छन् । उनको उपन्यास टम्ब अफ स्यान्ड भारतको विभाजनको छायामा लेखिएको हो । पुस्तकमा एक ८० वर्षीय वृद्धाले आफ्नो पतिको मृत्युपछि पछ्याएको पारिवारिक गाथालाई समेटिएको छ ।

५० हजार पाउन्ड धनराशि पुरस्कारका लागि छनोट भएको यो पहिलो हिन्दी भाषाको पुस्तक हो । ‘मैले कहिल्यै बुकरको सपना देखेकी थिइनँ । म चकित, हर्षित, सम्मानित र नम्र महसुस गरेकी छु ’, पुरस्कृत भएपछि उनले भनिन् ।

पुरस्कारको रकम गीताञ्जली र पुस्तकको अनुवादक अमेरिकास्थित डेजी रकवेलबीच बाँडिनेछ । उत्तर प्रदेश राज्यको मैनपुरी सहरमा जन्मेकी ६४ वर्षीय गीताञ्जलीले तीन ओटा उपन्यास लेखेकी छिन् ।

अस्ट्रेलियाका आठवटै राज्यहरुमा सगरमाथा दिवस मनाईने