MENU

क्यानबेरा र न्यु साउथ वेल्सको यात्रा प्रतिबन्ध खुकुलो; सिड्नीका केही क्षेत्र हटस्पट

Australian Capital Canberra

क्यानबेरा ।अस्ट्रेलियाको राजधानी क्यानबेराका बासिन्दाहरुले न्यु साउथ वेल्सको रिजनल क्षेत्र र सिड्नीको आंशिक भागमा यात्रागर्न पाउने भएका छन् ।

मंगलबार एसिटी सरकारका चिफ मिनिस्टर एन्ड्रु बारले नियमित पत्रकार सम्मेलनमा बोल्दै न्यु साउथ वेल्ससँगको यात्रा प्रतिबन्ध खुकुलो बनाईको जानकरी गराएका थिए ।

सेन्ट्रल कोष्ट, ओलङ्गन र ब्लु माउन्टेन क्षेत्रमा यात्रागर्न लगाईएको प्रतिबन्ध मंगलबार ३ बजेबाट हटाइएको प्रमुख स्वास्थ्य अधिकारी क्यारिन कोलम्याने बताइन ।

कोलम्यानका अनुसार सिड्नीको ११ वटा स्थानिय निकायहरु भने अझै हटस्पटको रुपमा राखिएको छ । उक्त क्षेत्रमायात्रागर्नेले क्यानबेरा फर्केपछि अनिवार्यरुपमा १४ दिनक्वारेन्टिनमा बस्नु पर्छ ।

न्यु साउथ वेल्स सरकारले भाइरस नियन्त्रणमा पाएको सफलता र पछिल्लो समयमा समुदायमा संक्रमण संख्या घट्दै गएकोले यो निर्णय गरिएको चिफ मिनिस्टर बारले बताए ।

प्रतिबन्ध लागेका स्थानिय निकायहरु

कोरोनाभाइरसको हटस्पटको रुपमा रहेका ११ वटा स्थिानिय निकायहरु निम्न रहेका छन् ।

नर्दन बिचेज, ब्लाकटाउन सिटी, बरुड, क्यानडा बे, क्यान्ट्रबोरी ब्यङ्सटाउन, कम्बरल्याण्ड, फेयरफिल्ड, इनर बेस्ट, लिभरपुल सिटी, पारामाटा सिटी र सदरल्याण्ड रहेका छन् ।

यी क्षेत्रबाट क्यानबेर फर्कने ब्यक्ति अनिवार्यरुपमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्छ ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलिया आउन नपाएका बिद्यार्थीका समस्या सुन्दै नेपाली दुतावास