MENU

अस्ट्रेलिया आउन नपाएका बिद्यार्थीका समस्या सुन्दै नेपाली दुतावास

Nepalese Ambassador to Australia, His Excellency Mahesh Raj Dahal

क्यान्बेरा । अस्ट्रेलियाको नेपाली दुतावासले महामारीका कारण नेपालमै अड्कीएका बिद्यार्थीहरुका समस्याका बारेमा अन्तरक्रिया कार्यक्रम गरि प्रत्यक्ष बुझ्ने प्रयास गरेको छ ।

अनलाइन मार्फत भएको उक्त अन्तरक्रियामा बिद्यार्थीहरुले दुतावासका पदाधिकारीहरु समक्ष आफ्ना समश्याहरु राख्दै अस्ट्रेलियन सरकारसम्म पुर्याइदिन आग्रह गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बिद्यार्थी भिसा लागेर पनि अस्ट्रेलिया आउन नपाएका, नेपालमै बसेर अस्ट्रेलियाको शैक्षिक संस्थामा अनलाइन मार्फत अध्ययन गरिरहेका, टि आर भिसा लिएर नेपालमा अड्कीएका लगाएत बिबिध समश्या भएका विद्यार्थीहरुका गुनासाहरु दुतावासले सुनेको थियो ।

“अस्ट्रेलियाको कलेजहरूले अनलाइन कक्षामा अध्ययन गर्न दवाव दिएको छ ।” एक विद्यार्थीले भने, “नेपालमा रहँदा अनलाइन कक्षा नलिए भिसामा असर पर्ने इमेल पठाएको छ ।”

समश्याहरु सुनेपछि अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले सम्बन्धित निकायमा बिद्यार्थीहरुको गुनासो पुर्याइने बताए । “अस्ट्रेलियाले बोडर्र खोल्न अझै केही समय लाग्ने देखिन्छ । अस्ट्रेलियाका बिभिन्न राज्यमा रहेका नेपाली महाबाणिज्यदुतहरु, शैक्षिक संस्थाहरु र अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट अलाइन्स जस्ता संस्थाहरुसँग बिद्यार्थीको मुद्दामा सहकार्य गर्छौ।” राजदुत दाहालले भने, “साझा समश्या भएकाले अन्य देशका दुतावासहरुसँग पनि यो बिषयमा छलफल गछौ ।”

नेपाली दुतावास क्यानबेराका उप नियोग प्रमुख दुरापदा सापकोटाले सम्योजन गरेको उक्त अन्तरक्रियामा नेपालको शिक्षा मन्त्रालयका पदाधिकारी, न्यु साउथ वेल्स राज्यका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का, भिक्टोरिया राज्यका लागि नेपाली महबाणिज्यदुत चन्द्र योञ्जन, दक्षिणका अस्ट्रेलियाका लागि नेपाली महाबाणिज्यदुत दिपक धमला, अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट अलाइन्सका अध्यक्ष भुपाल सिटौला र योगेन्द्र पोडेल, शैीक्षिक परामर्श ब्यवसायि द्विराज शर्मा, बिद्यार्थी प्रतिनिधि सम्राट ओलीले बिद्यार्थीले उठाएका समश्याका बारेमा आफ्ना धारणा राखेका थिए ।

एक तथ्याङ्क अनुसार अहिले करिव १६ सय जना बिद्यार्थीहरु नेपालमा अड्कीएका छन् ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस्