MENU

अस्ट्रेलियामा एडल्ट माइग्रेन्ट इंगलीस प्रोग्राम परिवर्तनको घोषणा

सिड्नी । अस्ट्रेलियामा रहेका आप्रवासीहरुले भाषामा कार्यात्मक स्तरको सीप विकास गर्न नसकेको चिन्ता बढ्दै जाँदा सरकारले एक विलियन डलरको सरकारी अंग्रेजी भाषा सिकाई कार्यक्रमलाई विस्तार र अझ सुलभ बनाउने घोषणा गरेको छ ।

कार्यवाहक अध्यागमन मन्त्री एलन टुजले नेशनल प्रेस क्लबमा शुक्रबार एडल्ट माइग्रेन्ट इंगलीस प्रोग्राम (ए एम इ पी) मा परिवर्तन हुँने घोषणा गरे । नयाँ घोषणा अनुशार अंग्रेजी भाषा सिकाईएको कक्षा कोठाको पाँच बर्षे समयसीमा लाई घटाएर सवैको पहुँच पुग्ने र लाभ लिनसक्ने बनाइएको छ ।

कोरोना भाइरस महामारीबाट माथि उठ्नै लाग्दा सामाजिक एकता सुदृढ गर्ने उदेश्यले सरकारले एएमइपीमा परिवर्तन ल्याउन लागिएको टुजले जानकारी दिए । एएमइपीले हाल अधिकांश आप्रवासीहरुलाई ५ सय १० घण्टाको निशुल्क भाषा शिक्षण प्रदान गर्ने गरेको छ ।

तर टुजका अनुसार औषतमा भाषा कक्षामा सहभागीहरुले केवल तीन सय घण्टाको कक्षा मात्र लिने गरेको तथा २१ प्रतिशतले कार्यात्मक (फङक्सनल) अंग्रेजी वा समाजमा घुलमिल हुन चाहिने आधारभूत भाषा सिप सम्बन्धि ज्ञान बिनानै कक्षा छाडिरहेको जानकारी दिए ।

अस्ट्रेलियामा हाल करिब दश लाख मानिसमा अंग्रेजी भाषाको राम्रो ज्ञान नभएकोे र जसका कारण केही आप्रावासीहरुले राम्रो जागिरको लागि ठूलो घाटा व्योहोरी रहेका छन् । भाषाका कारण रोजगारी र अस्टे«लियन जीवनशैलीमा घुलमिल हुन कठीन हुने भन्दै टुजले भाषा शिक्षामा सवैको पहुँच पुर्ईनेकुरामा जोड दिए ।

जनगणनाको तथ्यांक अनुसार सन् २००६ मा अंग्रेजी बोल्न नसक्ने जनसंख्या ५ लाख ६० हजार थियो भने सन् २०१६ मा सो संख्या ८ लाख २० हजार पुगेको थियो ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा नेपाली किसानको गोलभेडा खेती (फाेटाे फिचर)