MENU

अस्ट्रेलियामा नेपाली किसानको गोलभेडा खेती (फाेटाे फिचर)

Rishi Acharya
Editor at Nepalese Australian

नेपालको आलु फल्ने उपत्यका मकावानपुर पालुङबाट अस्ट्रेलिया आएका युबराजको बारीमा १५ रङका गोलभेडा फल्छन्।

Ub's Farm

अष्टेलियामा वसोवास गर्ने नेपालीहरु ईन्जिनियरिंग, चिकित्सा, नर्सिंङ, प्राध्यापन, पर्यटन, शिक्षा, हस्पिटालिटी, रियलस्टेट, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहँदै आएको पाईन्छ ।

यस्तै सयौं नेपालीहरु फार्ममा समेत काम गर्दै आईरहेका छन् । हाल आएर कृषी ब्यवसायलाई पनि नेपालीहले आफ्नो पेशाको रुपमा अँगाल्न सुरु गरेका छन् । यसको अग्रपंक्तिमा आफूलाई उभ्याउन सफल भएका छन् युवराज के.सी. खत्री ।

पालुङका आलु किसानले कसरी शुरू गरे गोलभेडा खती ?

११ वर्ष अघि विद्यार्थीको रुपमा नेपालको मकावानपुर पालुङबाट क्विन्सल्याण्डको तोअम्बा आएका केसीले करिव २ वर्ष ग्रिन सलादका विभिन्न प्रजातीहरुको उत्पादनका लागि प्रसिद्ध टुआम्वाको एक फार्ममा  काम शुरू गरे । त्यही अनुभवले उनलाई आफ्नै फार्म खोल्न प्रेरित गर्यो ।

Ub's Farm
युबीज फार्मको गोलभेडा खेती ।

सन् २०१२ देखि केसीले “युबिज फार्म” संचालन गरिरहेका छन् । यो फार्ममा सुरुवातमा विभिन्न ७ वटा रंगमा फल्ने टमाटरको ब्यवसायिक खेति सुरु गरिएको थियो । अहिले १५ वटा रङका १२ प्रकारका गोलभेडा उनको फार्ममा उत्पादन हुन्छ । यो टमाटरको बजार मूल्य २० डलर प्रति किलो रहेको संचालक के.सी. ले जानकारी दिए । उनका अनुसार बिरुवा रोपेको ६ हप्तामा टमाटर बजारमा जान योग्य भैसक्छ ।

उत्पादनलाई बिबिधिकण, १२ महिना खेती

रेयर र हेरिटेज भेराइटिका गोलभेडा उत्पादन गर्ने क्विन्सल्याण्ड राज्यमा केसी एक्ला हुन् । उनको उत्पादन ब्रिसवेन, पर्यटकिय सहर गोल्ड कोष्ट र तोअम्बामा खपत हुन्छ ।

साथै आठओटा साप्ताहिक बजारमा उनी नियमित रुपमा स्टल राखेर उत्पादन बेच्छन् । हप्तामा कम्तिमा तिन हजार किलो भन्दाबढी गोलभेडाको उत्पादन गरिरहेका छन् ।

Ub's Farm

यसका लागि केसीले ७ एकर र ५ एकरका २ वटा फार्म संचालन गरेका छन् । नियमति रुपमा केसीको फार्ममा ७ जनाले रोजगारी पनि पाएका छन् । केसी भन्छन्, “उत्पादनलाई बिबिधिकण गर्दै १२ महिना उत्पादन हुने गरि ग्रिनहाउस र इरिगेसन पुर्वाधार थपेपछि उत्पादन अझै बढेको छ ।” केसीले अहिले फार्ममा मौसम अनुसारका काक्रो, भण्टा, जुकिनी, काउनली, बन्दागाेभी र साँगहरु पनि उत्पादन गरिरहेका छन् ।

सथै फार्ममा फ्रि रेन्ज कुखुरा र माहुरी पालन पनि गरेका छन् । केसीले जुकिनी र काक्रोबाट प्रसोधित अचार उत्पादन गरेर स्थानिय बजामा बिक्रि गरिरहेका छन् ।

फार्ममा बिरुवामा सिंचाई गर्ने, टमाटरको साईज गे्रडिंग गर्ने लगायतका कामका लागि उच्चस्तरीय प्रविधि अपनाईएको छ ।

Ub's Farm

केसीका श्रीमती र एक छोरा छन् । परिवासको साथ र सहयोगले उनी यहाँसम्म अउन सहयोग मिलेको बताउँछन् । केसीले आगामी बर्ष फार्मलाई अझै ब्यवस्थित गर्दै उत्पादन बढाउने लक्ष्य राखेका छन् ।

अस्ट्रेलियामा ठूला ठूला बहुराष्ट्रिय कम्पनीले विलियनस् डलर लगानि गरेर कृषि फार्महरु संचालन गरिरहेको अवसस्थामा यस्ता तरकारी फार्महरुले ति उत्पादनसँग प्रतिस्पर्धा गर्न पक्कै सक्दैनन् । केसीले सानो बजार र समुदायलाई लक्षित गरेर यो फार्मको बजारीकरण अझै बिस्तार गर्ने योजना बनाएका छन् ।

याे पनि पढ्नुहाेस्

https://nepaleseaustralian.com.au/archives/2595