होबार्ट । तास्मानियाको होबार्टमा भएको सिजन वानको राज्य स्तरीय आइ कम्पिट प्रतियोगितमा ६ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै काठमाडौ काडाघाँरीका २६ वर्षिय अनिल जंग कार्की प्रथम भएका छन् ।
आइ कम्पिट नेचुरल( ICN) प्रतिस्पर्धामा ६ जना अस्ट्रेलियन प्रतिस्पर्धीहरुलाई पछि पार्दै गोल्ड मेडल र मेन्स फिजिक रुकि बिधामा ब्रोन्ज मेडल हात पार्न सफल भएका थिए । युनिभर्सिटी अफ तास्मानियामा एम आइ टी गरेका कार्कीले आठ वर्षको कडा मेहनत र १५ महिनाको इस्ट्रिक डाइट प्लान पछि पहिलो प्रतिस्पर्धामै सफलता हात पारेका हुन् ।
साथै उनले आगामी नोभेम्वरमा लनचेस्टनमा हुने सिजन टुको क्लासिक फिजिक प्रतियोगितामा सहभागी हुने बताए । नेपाली समुदायबाट हौसल्ला मिलेको भन्दै आगामी बर्षहरुमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा समेत सहभागी हुने उनले बताए ।
यसैवीच ICN प्रतिस्पर्धामा मेन्स फिजिक फर्स्ट टाइमर बिधामा गोल्ड मेडल र मेन्स फिजिक रुकि बिधामा ब्रोन्ज मेडल हात पारेका कार्कीलाई ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले होबार्टमा सम्मान गरेको छ ।
सम्मान कार्यक्रमा ग्लोबल मार्कका निर्देशक अरुण चित्रकारले अस्ट्रेलियामा पढाई र कामलाई सन्तुलनमा राखेर स्वास्थ जीवन कसरी जिउन सकिन्छ भन्ने उदाहरण अनिल जंग भएको बताउदै आप्नो सस्थाले युवाहरुका हरेक सफलतालाई प्रोत्साहन गर्नै बताए ।
कार्यक्रममा एनआरएनए तास्मानियाका राज्यका संयोजक सन्देश परियारले अनिलको सफलता नेपालीको सफलता भएको बताउदै अस्ट्रेलियामा आएका युवाहरुले सकारात्मक सोचका साथ अघि बढ्ने हो भने जीवनका हरेक पक्षममा सफलता मिल्ने बताए ।
सो कार्यक्रमा नेपाली सोसाइटी तास्मानियाका सचिब प्रदिप पोख्रेल, तास्मानियन नेपाली क्रिकेट एसोसिएसनका अध्यक्ष प्रकाश उप्रेती र नेपाली बिजनेश एसोसिएसन तास्मानियाका उपाध्यक्ष अनिल श्रेस्ठको सहभागिता रहेको थियो ।