MENU

चौध बर्षिय नेपाली किशोरको ईङ्लिस प्रिमियर लिग खेल्ने सपना

Rishi Acharya
Editor at Nepalese Australian
Anshu Ale Midfielder – Brisbane Strikers

ब्रिसवेन । १४ बर्षिय नेपाली किशोर अंशु आलेले क्विन्सल्याण्ड राज्यको फुटबल टिमबाट राष्ट्रिय स्तरको प्रतियोगितहरु खेलिरहेका छन् ।

उनले गएको बर्ष क्विन्सल्याण्ड राज्यको प्रतिनिधित्व गर्दै नेसनल युथ चेम्पेनसिप कब्स हार्वरमा खेलेका थिए । यो प्रतियोगिता फुटबल फेडरसन अफ अस्ट्रेलियाले आयोजना गरेको राष्ट्रिय प्रतियोगिता हो । कोराना भाईरसको प्रकोपका कारण यो बर्ष उक्त प्रतियोगिता भएन ।

यस्तै आफ्नो उमेर समुहमा नेसनल प्रिमियर लिग क्विन्सल्याण पनि आलेले खेलिरहेका छन् । ब्रिसवेनको केड्रोन स्टेट हाइस्कुलमा कक्षा नौ मा अध्यनरत आले स्थायिन ब्रिसवेन स्ट्राइकर फुटबल क्लबसँग आबद्ध छन् । क्लबबाट उनले स्कलसिप पनि पाएका छन् ।

ईङ्लिस प्रिमियर लिग खेल्ने लक्ष्य

अंशु आले हप्ताको तीन दिन साडे दुई घण्टाको दरले मैदानमा फुटबल खेलको अभ्यास गर्छन् । नेप्लिज अस्ट्रेलियनसँग कुरा गर्दै अंशुले भने, “एक दिन फुटबल खेलकै महत्वपूर्ण प्रतियोगिता बेलायतको ईङ्लिस प्रिमियर लिग खेल्ने लक्ष्य छ।”

उनी प्रफेसनल फुटबल खेलाडीको रुपमा आफुलाई चिनाउन चाहन्छन् ।   उनी हरेक आइतबार नेसनल प्रिमियर लिग क्विन्सल्याण एकेडेमी क्लबहरुबीच फुटबल प्रतियोगितामा आफ्नो उत्कृष्ठ खेल प्रदर्शन गर्छन् ।

Anshu Ale Midfielder - Brisbane Strikers

फुटबल खेलप्रतीको रुची, लगाव र खेल सीपका कारण आले ट्यालेन्ट सपोर्ट प्रोगाम क्विन्सल्याण्डमा पनि छनोट भएका छन् ।

उनी ११ वर्षको उमेरमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै स्पेनमा गएर फुटबल प्रतियोगिता खेलेका थिए ।

पढाई र खेलकुद सँगसँगै

१४ बर्षिय अंशु आले फुटबल खेल सँगै अध्ययनमा पनि अब्बल छन् । छोराले पढाई र खेलकुदलाई सँगसँगै लैजान सकेकोमा अभिभावक डाक्टर जित आले र अनिता अधिकारी आले निकै खुशि छन् ।

“अंशु एकेडेमिक हिसावले पनि कक्षामा टप पाँच भित्र पर्छ ।” आमा अनिला अधिकारी आलेले नेप्लिज अस्ट्रेलियनसँगको कुराकानीमा भनिन्, “विद्यालयबाट घर आउने बितिक्कै गृहकार्य सकेर फुटबलको अभ्यासमा जान गरेको छ । जसले गर्दा पढाइमा कुनै असर परेको छैन ।” अंशुले भबिष्यमा गएर इन्जिनियरिङ अध्ययन गर्ने र प्रफेसनल फुटबल खेल्ने योजना बनाएका छन् ।

पुख्र्यौली घर नेपालको गोर्खा भएका अंशु एक बर्षको उमेरमा अस्ट्रेलिया आएका थिए । उनी स परिवार अहिले ब्रिसवेनको नर्थगेटमा बस्छन् ।