MENU

ओसिनिया नेपाली स्पोर्ट्स मिटको अध्यक्षमा आशिस सापकोटा; पाँचौं टुर्नामेन्ट सन् २०२२ मा हुने

क्यानबेरा । ओसिनिया नेपाली स्पोर्टस मिटको हालै क्यानबेरामा सम्पन्न साधारण सभाले विभिन्न राज्य सहित न्यूजिल्याण्डको समेत प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरेको छ ।

अध्यक्षमा क्यापिटल टेरिटोरीबाट  आशिस सापकोटा, उपाध्यक्ष अजय खत्री (एनएस डब्लु), तारा गैरै (भिक्टोरिया), अमित लोहोनी (क्वीन्सल्याण्ड ), पुनम पन्त (तास्मानिया), सुपक अधिकारी (साउथ अस्ट्रेलिया), दावा सेर्पा (वेष्टन अस्ट्रेलिया), गुन्जन उपाध्याय (नदर्न टेरिटरी), न्यु जिल्यान्ड केश गुरुङ रहेका छन् ।

महासचिव चयनका लागि भने केही  हप्ता लाग्ने अध्यक्ष सापकोटाले जानकारी दिए । कोषाध्यक्षमा अमूल केसी (ए सिटी), पब्लिक अफिसरमा अञ्जना सि श्रेष्ठ, (एनएस डब्लु) रहेका छन् । यसै गरी सदस्यहरूमा प्रमीला थापा (एनएस डब्लु), प्रेमराज उप्रेती  (भिक्टोरिया),  प्रदीप पोख्रेल (तास्मानिया), सन्तोष अधिकारी (साउथ अस्ट्रेलिया), दीपक बस्नेत (वेष्टन अस्ट्रेलिया), नदर्न टेरिटरीबाट  रविन कार्की र न्यु जिल्यान्डबाट  दिनेश खड्का रहेका छन् ।

अन्य प्राविधिक समिति अन्तर्गत  स्पोन्सरसिप एन्ड फन्ड रेजिङ् कोअर्डिनेटरमा खुश्बु पुस्षा न्यौ‌पाने (एसिटी), डकुमेन्ट कन्ट्रोलर राजु अधिकारी (एसिटी), सेक्रेटेरियल एन्ड लजेस्टिक कोअर्डिनेटर एसिटीकै विनोद घिमिरे, इभेन्ट म्यानेजमेन्ट संयोजक जीवन कुमार घिमिरे (एसिटी), आई सिटी सपोर्ट कोअर्डिनेटर भुवन उप्रेती (एसी टी) , कल्चरल कोअर्डिनेटर सवीना शर्मा थापा (एसीटी), मेडिकल कोअर्डिनेटर डा पवन प्याकुरेल,   मिडिया एन्ड प्रोमोशन कोअर्डिनेटर अनिश पोख्रेल र खेलकुद संयोजकमा एसीटीकै सुदीप दाहाल रहेका छन् ।

साधारण सभाले संरक्षक र सल्लाहकार  समेत चयन गरेको छ । संरक्षकमा डा.दुर्गा कँडेल, विष्णु हमाल, जविन श्रेष्ठ, जोग लिम्बु, मधु पोख्रेल, हरि खड्का र अभिमन्यु केसी रहेका छन् । त्यसै गरी प्रत्येक राज्य र ओसियाना क्षेत्रबाट प्रतिनिधित्व हुने गरी नयाँ सल्लाहकार समिति  चयन भएको छ ।

सल्लाहकार समितिमा एसीटीबाट आदर्श जङ्ग पाण्डे,  प्रेम चौधरी  र चूडामनि सापकोटा रहेका छन् भने न्यु साउथ वेल्सबाट सुवर्ण शर्मा र राजु मानन्धर छन् । भिक्टोरियाबाट राम गुरुङ, बम योञ्जन र राज शर्मा छन् भने क्वीन्सल्याण्डबाट अंमृत पोख्रेल,  तास्मानियाबाट नवराज भुडभरी र प्रकाश उप्रेती,  साउथ अस्ट्रेलियाबाट विजय जोशी र  थिर गुरुङ, वेष्टन अस्ट्रेलियाबाट मनि नाथ पनेरु  र चुरामणि लामिछाने छन् । नदर्न टेरिटोरीबाट युवराज पन्त  सल्लाहकार समितिमा छन् भने न्यु जिल्यान्डबाट  पवन पौडेल  र सन्तोष भण्डारी रहेका छन् । साथै साधरणसभाले नयाँ नेतृत्वसँगै विधान,  सङ्गठनात्मक संरचना र खेलकुद नियमावली पास गरेको छ ।

पाँचौ‌ं टुर्नामेन्ट २०२२ हुने

कोभिडको कारण २०२० मा हुन नसकेको टुर्नामेन्ट २०२२ को इस्टरमा (अप्रिल १५-१८) गरिने निर्णय भएको संस्थाका संरक्षक विष्णु हमालले जानकारी गराए । हरेक २ वर्षमा आयोजना गरिने यस प्रकार को खेलकुद ले समुदाय बिचको एकता र सद्भाव लाई अझ परिष्कृत गर्दै, शारीरिक तथा मानसिक भलाई अनि स्वास्थ्य जीवन जिउन प्रेरणा दिलाउने हमालको भनाई छ । यसलाई नेपाली समुदाय भित्रको मिनी ओलम्पिक / स्पोर्ट्स फेस्टिभल को रूपमा सबै सामुदायिक सङ्घ-संस्था ले अपनत्व लिएर अगाडि बढेमा हामी सबैको भलो हमालले बताए ।

आगामी २०२२ मा हुने खेलकुद टुर्नामेन्टमा विभिन्न समूहका ९ वटा खेल समावेश हुने नवनिर्वाचित अध्यक्ष  आशिस सापकोटाले  नेप्लिज अस्ट्रेलियनलाई बताए । कार्यकालको सुरुका ७/८ महिना  तीन पिलरमा रहेर  काम  गर्छाै सापकोटाले भने फण्ड  रेजिङ्, डकुमेन्टेसन र खेलकुद स्वयम सेवक लगायतका बिषयमा  केन्दीत हुन्छौ । पहिलो चरणको कामले एउटा बेन्चमार्क निमार्ण गर्छ त्यसपछि सन् २०२२ मा हुने टुर्नामेन्टको  तयारीमा जुट्ने सापकोटाले बताए ।

अस्ट्रेलियामा नेपाली  खेलकुदको प्रवर्धन तथा संरक्षण , समुदायबिचमा सामाजिक एकता कायम गर्दै नेपाली ब्यपार प्रवर्धन गर्नै उद्देश्यले  सन् २०१३ मा स्थापना भएको संस्थाले सोही वर्ष देखि  खेलकुद कार्यक्रमहरु आयोजना गर्दै आएको थियाे ।