MENU

४० बर्षपछि अस्ट्रेलियन टेनिस खेलाडी अस्ट्रेलिनय ओपनको फाइनलमा

Ashleigh Barty celebrates her Australian Open 2022 semi-final victory over Madison KeysTPN/Getty Images
Ashleigh Barty celebrates her Australian Open 2022 semi-final victory over Madison KeysTPN/Getty Images

अस्ट्रेलियाकी टेनिस खेलाडी एस (एस्ली) बार्टीले म्याडिसन केयसमाथि एकपक्षीय जित निकालेर अस्ट्रेलियन ओपनको फाइनल यात्रा तय गरेकी छन् ।

बार्टी सन् १९८० यता अस्ट्रेलियन ओपनको फाइनल पुग्ने पहिलो अस्ट्रेलियन खेलाडी बनेकी छन् । ४० वर्षयता अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने उनी पहिलाे खेलाडी हुन् ।

बिहीबार भएको खेलामा जितेर उनी पहिलोपल्ट अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी हुन ।
अब उपाधिको लागि अमेरिकी डेनियल कोलिन्स र एस्ली बार्टीको भिडन्त हुनेछ ।

विश्व नम्बर एक बार्टी ५१ औं वरीयताकी अमेरिकी केयसमाथि ६२ मिनेटमात्र चलेको खेलमा ६–४, ६–१ को जित निकाल्न सफल भएकी थिइन् ।

अमेरिकी कोलिन्स भने अहिले पुनरागमनको प्रयासमा छिन्, उनी गत वर्ष मात्र चोटमुक्त हुन शल्यक्रियाबाट गुज्रिएकी थिइन् ।

उनले पोल्यान्डकी सातौं वरीयताकी इगा स्वाटेकलाई ६–४, ६–१ ले पराजित गरिन् । सन् २०१९ मा मेलबर्नमा सेमिफाइनलसम्म पुगेकी कोलिन्स आफ्नो पहिलो ग्रान्ड स्लाम फाइनल पुगेकी छन् ।

सन् २०१९ को फ्रेन्च ओपन र २०२१ को विम्बल्डन विजेता बार्टी उत्कृष्ट लयमा छिन् । अहिलेसम्म खेलेका ६ खेलमा केवल एकैपल्ट मात्र सर्भिस गुमाएकी छन् ।