MENU

आत्मराम खनाल न्युजिल्याण्डका लागि अवैतनिक बाणिज्यदूत नियुक्त

Atma Ram Khanal appointed as Consul General of Nepal New Zealand

अकलैण्ड । आत्मराम खनाल न्युजिलैण्डका लागि अवैतनिक बाणिज्यदूत नियुक्त भएका छन् ।

नेपाल सरकारले गएको डिसेम्बर २३ देखि आगामि चार बर्षको लागि खनाललाई उक्त जिम्मेवरारि दिएको हो । न्युजिल्याण्डको अकलैण्ड, ओईकाटो र नर्थलैण्ड बाहेकका क्षेत्रमा खनालको कार्यक्षेत्र रहेको छ ।

यसअघि नेपाल सरकारले पहिलोपटक सगरमाथा आरोहण गर्ने सर एडमण्ड हिलारीकी श्रीमती जुन हिलारीलाई अवैतनिक बाणिज्य दूतको जिम्मेवारी दिएको थियो । लामो समयदेखि काम गर्दै आएकी हिलारीले उमेर र स्वास्थ्यका कारण अकलैण्ड, ओईकाटो र नर्थलैण्ड क्षेत्रमा मात्रै समय दिन सक्ने बताएपछि सरकारले खनाललाई उक्त जिम्मेवारी दिएको हो ।

नेप्लिज अस्ट्रेलियनसँग कुरा गर्दै खनालले भने, “करिब १५ देखि २० हजार जनसंख्या रहेको न्युजिल्याण्डमा नेपाल सरकारको आवासीय दुतावास छैन । यहाँका नेपाली समुदायमा आइपर्ने समश्याहरु, भिसा, पासपोर्ट र अन्य सरकारी कागजपत्रका लागि अस्ट्रेलियामा रहेको नेपाली दुतावससँगको सहकार्यमा गर्नेछु ।”  खनालले भने “न्युजिल्याण्डमा नेपालको पर्यटन प्रवद्र्धन, ब्यापार र बाणिज्यको क्षेत्रमा काम गर्न अझ सजिलो हुने भएको छ ।”

को हुन् अवैतनिक बाणिज्यदूत आत्मराम खनाल ?

नेपालको लम्जुङ जिल्ला मध्य नेपाल नगरपालिकामा जन्मिएका खनाल ११ बर्षअघि न्युजिल्याण्ड आएका हुन् । सिनियर जियो टेकनिकल इन्जिनियर खनाल हाल दुई छोरी र श्रीमती सहित न्युजिल्याण्डको टारुङ्मा बस्दछन् ।

पुल्चोकबाट बीई सिभिल इन्जिनियरिङ गरी बेलायतबाट उच्च शिक्षा हासिल गरेका खनाल अनेरास्ववियुका नेता थिए । उनी प्रवासी नेपाली एकता मंच न्युजिल्याण्डका अध्यक्ष पनि हुन् । अवैतनिक बाणिजय दूतको जिम्मेवारी पाएपछि खनालले उक्त पदबाट राजिनामा दिएका छन् ।

याे पनि पढ्नुहाेस् ।

सन्दीप लामिछानेले बिगबासमा शनिबार पहिलो खेल मेलबर्न स्टार्स बिरुद्ध खेल्ने