MENU

सन्दीप लामिछानेले बिगबासमा शनिबार पहिलो खेल मेलबर्न स्टार्स बिरुद्ध खेल्ने

Sandeep Lamichhane
Sandeep Lamichhane is a Professional Cricketer who plays for Nepal and also represents a different franchise team in different Cricket League around the world.

होबार्ट । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यो सिजनको पहिलो खेल शनिबार २ जनावरीमा खेल्ने भएका छन् ।

होबार्ट हुरिकेन्सले सार्वजनिक गरेको शनिवार खेल्ने १७ जनाको स्वाडमा सन्दीप लामिछानेको नाम सातौ स्थानमा रहेको छ । होबार्ट हुरिकेन्सले शनिवार मेलबर्न स्टार्स बिरुद्धको खेल होबार्टको ब्लोन्डस्टोन एरिनामा खेल्दैछ ।

चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । शनिवार लामिछाने सहित चार जना नयाँ खेलाडीहरुले डेब्यु गर्दै छन् ।

होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए ।

अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नु पर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएका थिए । उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

लामिछानेले खेल्ने शनिबारको खेल सिड्नी मेलबर्नको समय अनुसार अपरान्ह पाँच बजेर पाँच मिनेट जादा शुरू हुने बताइएको छ ।

उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए ।

ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र अष्ट्रेलिया उडेका थिए ।

ग्रिनबाट पपर्ल टिममा छिरेका सन्दिपको बलिङ्को जादु हर्न अस्ट्रेलियाका नेपालीहरु पनि ब्यग्र प्रतिक्षामा छन् ।

याे पनि पढ्नुहाेस् । 

अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस्