MENU

अबर्न नेप्लिज कम्युनिटीको अध्यक्षमा रबिन्द्रकुमार शर्मा चयन

Auburn Nepalese Community AGM

सिड्नी । सिड्नीमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको अबर्न र वरपर रहेका नेपालीहरुको संस्था अबर्न नेप्लिज कम्युनिटीको अध्यक्षमा रबिन्द्रकुमार शर्मा चयन भएका छन् ।

आइतबार १६ मे मा अबर्न पार्कमा आयोजित साधारणसभाले शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र श्रेष्ठ र सविन डाँगी, महासचिवमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, युवा संयोजकमा युद्धिका कुँवर चयन भएका छन् ।

संस्थाको सदस्यहरुमा भुपेन्द्र कँडेल, मनोज अधिकारी, दिपेन्द्र घिमिरे निशान कार्की, आयुष अधिकारी र धिरेनबहादुर थापा चुनिएका छन् ।

यस्तै निवर्तमान अध्यक्ष अशोक उप्रेति संस्थाको संरक्षक बनेका छन् भने समाजको सल्लाहकारमा दिनेशकुमार पोखरेल, पत्रकार मनऋषि धिताल, गायक रमेश बानियाँ, राजकुमार श्रेष्ठ, शशी राई र राजु गिरी चयन भएका छन् ।

स्थानिय नेपाली समुदायको मुलप्रवाहका सेवाहरुमा पहुँच बढाउन काउन्सिल, पुस्तकालय, प्रहरी र स्वास्थ्य कार्यालयहरुसँग सहकार्य गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष शर्माले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

स्थानिय नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागिहरुको लागि बार्बेक्यु पनि गरिएको थियो ।