MENU

संघिय बजेट २०२१ः प्राथमिकतामा सीमा सुरक्षा, आप्रवास र एज केयर क्षेत्र

Federal Government’s 2021-22 Budget
क्यानबरा ।अस्ट्रेलियाको संघिय बजेट आज मंगलबार ११ मे साँझ संघिय ट्रेजरर जोश फ्राइडनबर्ग ले सार्वजनिक गर्दै छन् ।

अस्ट्रेलियन संचार माध्यमहरुले सार्वजनिक गरेका समाचार अनुसार यो बर्षको बजेटको मुख्य बिजेत (वैनर) एज केयर क्षेत्र, आप्रवास र सिमा सुरक्षा हुने भएका छन् ।

सरकारले एज केयर रोयल कमिसनले गरेको सिफारिस अनुसार सरकारी अनुदान बढाउने भएको छ । सपोर्ट कर्मचारीहरुलाई तालिम, जेष्ठ नागरिकलाई आफ्नै घरमा बस्न सहायता र आवासिय एज केयरका लागि थप स्रोतको ब्यवस्था गर्न १० बिलियन डलर यो बर्षको बजेटमा हुने भएको छ ।

अस्ट्रेलियन स्वास्थ्य मन्त्री जर्ज हन्टका अनुसार अस्ट्रेलियाको इतिहासमा सरकारले यति धेरै बजेट एज केयर क्षेत्रका लागि पहिलो पटक बिनियोजन गरेको हो ।

आगामि चार बर्षमा होम केयर प्याकेज र आवासिय एज केयरमा सरकारको लगानि बढ्ने देखिन्छ । एज केयर रोयल कमिसनले गरेको सुझाव अनुसार जेष्ठ नागरिकहरुको लागि सम्मान, स्याहासुसार र आत्म सम्मनलाई कार्यान्वयन गर्न बजेट बृद्धी हुने देखिएको छ ।

माहामरी शुरु हुन भन्दा अघिको हाराहरीमा आप्रवासीहरुको संख्या पुर्याउने लक्ष्य

अस्ट्रेलियाले आफ्नो सीमा अर्को बर्ष मात्र खुल्ला गर्ने भएको छ । यो बर्षको बजेटले आप्रवासीको संख्या बढाउने र तिब्रगतीमा अर्थ ब्यवस्थालाई सुधार गर्नमा केन्द्रित हुने छ ।

संघिय ट्रेजरर जोश फ्राइडनबर्गका अनुसार माहामरी शुरु हुन भन्दा अघिको संख्या सन् २०१८-२० १९ कै हाराहरीमा आप्रवासीहरुको संख्या पुर्याउने लक्ष्य राखेको छ ।

याे पनि पढ्नुहाेस् ।

४०-४९ उमेरका प्रौढहरुलाई फाइज खोप लगाउन एन एस डब्लुमा नाम दर्ता खुल्यो