MENU

फेब्रवरी २२ सोमबारदेखि अस्ट्रेलियाले देशव्यापी रुपमा कोभिड खोप लगाउने

Australia's Covid vaccine rollout to begin Monday 22 February as first Pfizer shipment arrives
Australia’s Covid vaccine rollout to begin Monday 22 February as first Pfizer shipment arrives

क्यानबेरा । अस्ट्रेलियाले देशव्यापी रुपमा खोप लगाउने तयारी गरिरहदा कोरोना भाइरसको फाइजर खोप अस्ट्रेलिया आइपुगेको स्वास्थ्य मन्त्री ग्रेग हन्टले जनाएका छन् ।

युरोपबाट गतराती नै १ लाख ५२ हजार डोज खोप आइपुगेको तथा फेब्रुअरी २२ तारिखबाट जनतालाई खोप लगाउने कार्यक्रम तय भएको छ ।

“खोप लगाउनु अघि सुरक्षा र खोपको गुणस्तरीयतालाई सुनिश्चित गरिने छ खासगरी हवाई जहाजमा ल्याउदा तापक्रमलाई यथावत राखिएको छ छैन भन्ने निश्चित गरिने छ तथा आममानिसमा कुनै नोक्सानी नहुने कुरालाई पनि सुनिश्चित गरिनेछ,” मन्त्री हन्टले भने ।

खोपलाई माइनस ६० डिग्री तथा माइनस ९० डिग्री सेल्सियसमा राखिएको थियो ।

सरकारले खोपको ८० हजार डोज आउदो हप्ता हस्तान्तरण गरिनेछ जसमध्ये ४० हजार राज्य तथा क्षेत्रहरुका होटल क्वारेन्टाइनमा फ्रन्टलाईनमा कार्यरत तथा स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिनेछ भने ३० हजार डोज एज्ड केयर र डिसाविलिटी केयरमा बसोबास गर्ने तथा त्यहाँ कार्यरत कर्मचारीहरुलाई प्रदान गरिनेछ ।

स्वास्थ्य मन्त्री हन्टका अनुसार जनसंख्याको आधारमा राज्यहरुलाई खोप उपलब्ध गराइनेछ ।
गत हप्ता नै प्रधानमन्त्री स्कट मरिसनले थप १० मिलियन फाइजर खोप सुनिश्चित भइसकेको जुन जम्मा २० मिलियन पुगेको घोषणा गरेका थिए ।

स्वास्थ्य मन्त्री हन्टले यसै महिनाको अन्त्यसम्ममा ६० हजार डोज प्रदान गरिनेछ जुन तालिका भन्दा केही अघि नै हुने बताए ।
युरोपेली संघले कोभिड—१९ को खोपलाई लिएर नयाँ नियम ल्याएपछि अस्ट्रेलियाले फाइजर खोप प्राप्त गर्ने वा नगर्नेप्रति चासो बढेको थियो ।

तर गत हप्ता नै अस्ट्रेलियाका लागि युरोपेली संघका राजदूतले खोप अस्ट्रेलिया पठाइने बताएका थिए ।

फाइजर खोपलाई देशव्यापी रुपमा लगाइने कुरालाई दोस्रो विश्वयुद्धपछि कै ठूलो लजिस्टीक चुनौतीको रुपमा लिइएको छ ।
मन्त्री हन्टका अनुसार थेरापेउटीक गुड्स एडमिनिस्ट्रेसनले अक्सफोर्ड-अस्ट्राजेनेका खोपलाई मान्यता दिए खोपको उत्पादन अस्ट्रेलियामै गरिने छ ।