MENU

अस्ट्रेलियाको आर्थिक बर्षको बजेट केहीवेरपछि घोषणा हुँदै ; सन् २०२२ सम्मका लागि कर कटौतीको योजना

  • ४५ हजार देखि ९० हजार डलर आम्दानी गर्नेहरुका लागि १ हजार ८० डलर फाइदा हुने
  • १ लाख २० हजार डलर आम्दानी गर्नेलाई २ हजार ५ सय ६५ डलर फाइदा हुने

Australian Parliament House Canberra

सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरस नियन्त्रण नजिक आइपुग्दा संघीय सरकारले आज ७:३० बजे वेलुकी आर्थिक बर्षको बजेट घोषणा गर्देछ ।  कोषाध्यक्ष जोस फ्रायडेनवर्गले प्रस्तुत गर्ने अस्ट्रेलियाको संघीय सरकारको बजेटमा इतिहासकै सबैभन्दा नजितामुखी बजेट प्रस्तुत गर्ने तथा कर कटौती, पूर्वाधारमा खर्च र घाटा प्राथमिकतामा पर्ने आंकलन गरिएको छ ।

लाखौ मानिसले रोजगारी गुमाउनु तथा ठूलो उदासीनतापछिकै सबैभन्दा ठूलो आर्थिक संकुचनले ग्रस्त भएको अर्थव्यस्थालाई कोरोनाभाइरसपछि सुधारका लागि ठूलो खर्चलाई बजेटले समेट्नेछ ।

जबसिकर र जबकिपर जस्ता विषयलाई बजेटले नसमेट्ने तर नागरिकलाई आम्दानीका लागि अन्य उपायहरु सार्वजनिक गरिने अपेक्षा गरिएको छ । फास्ट ट्रयाक योजना अनुसार सन् २०२२ सम्मका लागि कर कटौतीको योजना अघि बढाइने तथा संघीय सरकारले सो योजना अक्टोवरको अन्त्यबाटै लागू गर्ने छ ।

सरकारले अपेक्षा गरेको छ कि यसले आर्थिक वर्षको बाकी आठ महिनमा कर कटौती गरेर श्रमिकको गोजीमा ठूलो रकमको योगदान गर्नेछ । ४५ हजार देखि ९० हजार डलर आम्दानी गर्नेहरुका लागि १ हजार ८० डलर फाइदा हुने तथा १ लाख २० हजार डलर आम्दानी गर्नेलाई २ हजार ५ सय ६५ डलर फाइदा हुनेछ ।

यसले गर्दा आर्थिक वर्षमा अर्थव्यवस्थामा १२ विलियन डलरको सुधार हुनेछ जुन बचत भन्दा खर्च गरिनेछ । तर कर कटौतीले बजेटको तल्लो तहमा थप दवाव दिने भएपनि सरकारले संकेत गरिसकेको छ कि आगामी वर्ष बचतका लागि खोजीगर्ने छैन । भिक्टोरियामा कोरोना भाइरसको संक्रमणसंगै लकडाउन हुनु अघि जुलाईमा सरकारले सन् २०२०/ २१ मा बजेट घाटा १ सय ८४ विलियन डलर अनुमान गरेको थियो ।

तर भिक्टोरियाको अवस्थाले अर्बौ डलरको जवकिपरको योग्यतालाई विश्राम दिएको छ भने राज्यको आर्थिक निष्क्रियताका कारण अरबौ डलर भन्दा बढी बाहिरिएको छ । गत महिनानै बेरोजगार दर ६ दशमलब ८ प्रतिशतले गिरावट आउदा बजेटमा मानिसलाई आगामी महिना तथा वर्षहरुमा मानिसलाई काममा फर्काउने एक मुख्य उदेश्य लिइएको छ ।