MENU

स्थानिय रुपमा अक्सफोर्ड एस्ट्राजनिका खोप उत्पादन गर्न अस्ट्रेलियालाई अनुमति

Australia's medical regulator has approved the domestic production of the Oxford-AstraZeneca COVID-19 vaccine
Australia’s medical regulator has approved the domestic production of the Oxford-AstraZeneca COVID-19 vaccine (An illustration picture)

मेलबर्न । अस्ट्रेलियामा स्थानिय रुपमा अक्सफोर्ड एस्ट्राजनिका खोप उत्पादन र प्रयोगमा ल्याउन सरकारी निकायले अनुमति दिएको छ ।

थुरेपेडिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए) ले आइतवार २१ मार्चम खोप खोप उत्पादन र प्रयोगमा ल्याउन अनुमति दिएको हो । अस्ट्रेलियाले २२ मार्च देखि देशब्यापिरुपमा कोरोना भाइरस बिरुद्धको खोप अभियानको फेज एक शुरु गर्दै छ ।

७० बर्ष पुगेका सबै अस्ट्रेलियनले यो खोप लगाउन पाउने ब्यवस्था सरकारले गरेको छ । अब केही दिनमा स्वदेशमै उत्पादन भएको खोपको पहिलो ब्याच बितरण गरिने स्वास्थ्य मन्त्री ग्रेग हन्टले जाकनरी दिए ।

अक्सफोर्ड एस्ट्राजनिका खोप मेलवर्नको दुई स्थानमा उत्पादन गरिने छ । अस्ट्रेलिया कोरोना भाइरस बिरुद्धको खोपमा आत्मनिर्भर हुने मन्त्री हन्टको भनाइ रहेको थियो ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी