MENU

भद्रा वाइबा  क्यान्टबोरी ब्यङ्सटाउन काउन्सिलको काउन्सिलर पदमा बिजयी

Bhadra Waiba elected councillor of City of Canterbury-Bankstown
सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा शनिबार ४ डिसेम्बरमा भएको स्थानिय काउन्सिलको चुनावमा नेपाली मूलकी भद्रा वाइबा क्यान्टबरि ब्यङ्सटाउन काउन्सिलको काउन्सिलर पदमा बिजयी हुने पक्का भएको छ ।

शनिबार साँझ रिभरउड कम्युनिटि सेन्टरमा आयोजित भेलालाई सम्बोधन गर्दै संघिय साम्सद टोनी बर्कले काउन्सिलको रोजल्याण्ड वार्डमा लेबर पार्टीले ल्याण्डसाईड भिक्ट्रि गरेका बताएका थिए । बर्कले भने “काउन्सिलको रोजल्याण्ड वार्डमा लेबर पार्टीका सम्भव भए सम्म तिनैजना नत्र पहिलो दुईजनाको जित सुनिस्चित छ ।” भद्रा वाइबा लेबर पार्टीको तर्फबाट रोजल्याण्ड वार्डमा दोस्रो नम्बरमा उम्मेद्धवार थिइन ।

यो वार्डमा कार्ल सालेह टोलीले लेबर पार्टीको नेतृत्व गरेको छन् । फरमल भोटबाट नै बिजयको नजिक पुगेको सालेहले बताए ।
सालेहले भनेका छन्, “भद्रा वाइबा एक अग्रपँक्तिकी नर्स हुन्, जसले हाम्रो स्थानीय समुदायका कमजोर मानिसलाई सहयोग गर्न कोविड–१९ महामारीका बेला अथक परिश्रम गरिन् ।”

अस्ट्रेलियन इलेक्सन कमिसनले आउने सोमबार भित्र आधिकारिक नतिजा सार्वजनिक गर्ने बताएको छ ।

को हुन् भद्रा वाइबा ?

नेपालको सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको बोहोरेमा जन्मिएकी घले २००८ सालमा अस्ट्रेलिया आएकी थिइन ।

पेशाले रजिस्टर नर्स भद्रा २०१३ सालदेखि लेबर पार्टीको स्थानिय ब्रान्चमा सक्रिया थिइन । उनी पञ्चवल लेबर ब्रन्चको सह सचिव र रिभरउड कम्युनिटी सेन्टरको बोर्ड अफ डिरेक्टर हुन् ।

नेप्लिज अस्ट्रेयिन सँगको कुरामा भद्राले भनिन्, “एक महिना लामो अथक अभियान पछि आजको नतिजाबाट निकै खुशी छ । रोजल्याण्डका प्रत्येक घरमा पुगेको छ । म रोजल्याण्डका सबै नागरिकलाई धन्याबद भन्न चाहन्छु ।”

भद्रा वाइबाका श्रीमान गणेश तामाङपनि अस्ट्रेलियन लेबार पार्टीको स्थानिय राजनीतिमा सक्रिय छन् ।