MENU

भुपाल सिटौलाको अध्यक्षतामा “एका”को नयाँ कार्यसमिति

Bhupal Sitaula elected president of Australian Education Consultants’ Alliance (AECA)
Bhupal Sitaula newly elected president of Australian Education Consultants’ Alliance (AECA)

सिड्नी । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका) को डिसेम्बर १० मा भएको अधिवेशनले भुपाल सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले विभिन्न प्रतिवेदनहरू पारित गर्नुका साथै दुई वर्षको लागि नयाँ कार्यसमिति पनि गठन गरेको छ । नयाँ कार्यसमितिको उपाअध्यक्षमा राम चन्द्र पौडल, मोहन ढुंगाना र आषिश भण्डारी, महासचिवमा कोमल पाठक, सहसचिवमा दिनेश खनाल र जनसम्पर्क अधिकृतमा चुडामणी सिलवाल निर्वाचित भएका छन्।

त्यस्तै कोषाध्यक्षमा योगेन्द्र पौडल र सदस्यहरूमा सुर्य खनाल, भुमी सुबेदी, सृष्टी शाह, भुवनहरी पाण्डे र बिकाश भुजेल रहेका छन् ।

निर्वाचन आयुक्त भवानी ओली र बद्री अर्याल र संजीव पाण्डे सदस्य रहेको समितिले नव निर्वाचित पदाधिकारीहरुको नाम सार्वजनिक गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष भुपाल सिटौलाले नेप्लिज अस्ट्रेलियन सँग कुरा गर्दै आफूलाई अध्यक्ष पदमा निर्वाचित गर्न सहयो गर्ने सबैलाई धन्यवाद दिँदै संस्थाको उद्देश्यप्राप्तिमा नयाँ कार्यसमिति लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

निवर्तमान अध्यक्ष पर्शुराम (पि आर) अधिकारीले नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिदै कार्य सफलताको कामना गरेका छन् ।

अधिवेशनमा सिड्नी, मेल्बर्न र ब्रिस्बेनका एडिलेट लगाएतका शहरहरुबाट जुम मार्फत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Bhupal Sitaula elected president of Australian Education Consultants’ Alliance (AECA)