MENU

बाइडेन जितको नजिक ६ इलेक्टोरल भोट आवश्यक; धाँधलीको आरोपमा ट्रम्पले हाले मुद्दा

एजेन्सी- अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा बाइडेन जितको नजिक पुगेका छन् । राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् ।

तर ‘ब्याटलग्राउण्ड स्टेट’ मा मतगणना जारी हुँदा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको अग्रता साँघुरो देखिएको छ ।

पछिल्लो परिणाम अनुसार डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले २६४ र रिपब्लिकन उम्मेदवार एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २१४ इलेक्टोरल मत ल्याएको फक्स न्यूजले जनाएको छ ।

पूर्वउपराष्ट्रपति बाइडेनले जितमा विश्वस्त रहेको भन्दै भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन।’

बाइडेनले आफू जितको दिशामा रहेको बताए। उनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए। उनले चुनावी अभियानको क्रममा पनि मत दिनेका लागि मात्रै नभएर सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताउँदै आएका थिए।

मतगणना जारी रहँदै आफू विजयी भएको घोषणा गरेका ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउने क्रम जारी राखेका छन्।

उनले बुधबार ह्वाइट हाउस मार्फत सम्बोधन गरी आफू विजयी भएको र आफू हार्ने एकमात्र कारण धाँधली रहेको आरोप लगाएका थिए। उनले त्यसपछि ट्वीट गरेर लगातार चुनावमा धाँधली गरेर आफूलाई पराजित गर्न खोजिएको आरोप लगाइरहेका छन्।

ट्रम्पले भने मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् ।

चुनाव धाँधलीरहित अन्तर्राष्ट्रिय पर्यवेक्षक

अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन्।

अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोप नामक संस्थाले ट्रम्पको चुनावी अभियान समूहका आरोपहरूलाई ‘आधारहीन’ भन्दै त्यसले ‘लोकतान्त्रिक संस्थाप्रतिको विश्वासमा आघात पुर्‍याएको’ जनाएको बीबीसीले उल्लेख गरेको छ।

इलेक्टोरल कजेलको व्यवस्था

अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि-दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३-३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९-२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०-२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।

फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् ।

याे पनि पढ्नुहाेस् ।

दोस्रो विश्वयुद्धमा अस्ट्रेलियन फौजले उद्धार गरेका युद्धबन्दी बलबहादुर बस्नेतको बयान