MENU

के हो दोष रहित (ब्लेम्लेस) दुर्घटना ? कस्तो अवस्थामा क्षतिपूर्ति पाइन्छ ?

Bharat Pokhrel
Solicitor

blameless accident provisions in NSW

यो स्तम्भमा म दोष रहित (ब्लेम्लेस) दुर्घटनाको बारेमा चर्चा गर्दैछ ।  दोष रहित दुर्घटना हुदा पाइने क्षतिपूर्ति र कानुनी उपचारका बारेमा यो लेख केन्द्ति छ । यो लेख अस्ट्रेलिया खासगरि एनएसडब्लु राज्य संग सम्बन्धित छ ।

म मोटर वे मा ११० किमि को गतिमा गाडीमा थिए, त्यत्तिकैमा यौटा चरो मेरो गाडीको शिशामा ठोक्किन आयो, त्यसले गाडीको शिशा मात्र फूटाएन, गाडी अनियन्त्रित भयो अनि जबर्जस्त रोक्न खोज्दा मेरो जिउमा चोट पटक लाग्यो, के म क्षतिपूर्तिका लागि योग्य छु ?

यस्तो दुर्घटनालाई कानुनले दोष रहित (ब्लेम्लेस) दुर्घटनाको रुपमा परिभाषित गरेको छ ।

सडक दुर्घटना एक्ट एनएसडब्लु (१९९९ सेक्सन ७ ए) ले यदि कुनै चालकले गाडी चलाएको बेला आफ्नो गल्ति नहुदा या अरु कुनै व्यक्ति (मान्छे) को दोष पनि नहुदा, त्यस्ता दुर्घटना दोष रहित (ब्लेम्लेस) दुर्घटना हो भनेको छ ।

कस्ता खालका सडक दुर्घटना दोष रहित (ब्लेम्लेस) दुर्घटना हुन सक्छन ?

पशु या चरा चुरुंगी लगायतका कारणले हुने दुर्घटना यो कानुनले समेटेको छ । रुख ढलेर बाटो छेक्दा या गाडीमा खस्दा या कंगारु गाडीमा ठोकिददा लयागतका दुर्घटनालाई दोष रहित (ब्लेम्लेस) को रूपमा कानुनमा समेटिएको छ ।

यस्ता दुर्घटनामा के कस्तो क्षतिपूर्ति पाइन्छ त ?

उपचार खर्च तत्कालको र भविष्यको, आर्थिक हानि तत्कालको र भविष्यको घरेलू सहयोग लगायतका क्षतिपूर्ति यस्ता दुर्घटनामा दाबी गर्न सकिन्छ ।

त्यसो हो भने यी माथिका अवस्थामा सजिलै क्षतिपूर्ति दाबी गर्न सकिन्छ हैन त ?

यति सजिलै पनि यो क्षतिपूर्ति दाबी गर्न मिल्छ भन्ने हैन । अदालतले यस्ता दाबीको फैसला गर्दा बिभिन्न कुराहरुमा जोड दिएको छ । जस्तैकि गाडी चालकले त्यो  दुर्घटनाबाट जोगिनको लागि आफुले केहि गर्न सक्थ्यो र सक्थ्यो भने त्यो प्रयास अवलम्बन गर्यो कि गरेन भन्ने कुरालाई ध्यान दिन्छ ।

जस्तो कि प्रयास गर्दा त्यो जनावर या पशु पन्छी बाट जोगाउन सक्थ्यो कि, ढलेको रुख परै बाट देख्ने गरि थियो र गाडीको गति काम गरेर त्यो रुखलाई पार गर्न सकिन्थ्यो कि ।

भने पछि यो माथिका कारणले पाइने क्षतिपूर्ति शुन्य मै जाने हो त ?

शुन्यमै जाने त नहोला । अदालत या ‘नाममात्र प्रतिवादी”ले तपाइलाई पनि यो दुर्घटनाको केहि हदको कारणको रुपमा लिने र तपाइको लापरवाहीको अनुपातमा तपाइले पाउने क्षतिपूर्ति घटाई दिने हुन सक्छ ।

लेखक बोण्ड लिगलका प्रेन्सिपल सोलिसिटर हुन् । यो स्तम्भमा समेटिएका जानकारीहरु सामान्य सल्लाह मात्र हुन् । तपाईलाई थप जानकारी र परामर्श आवश्यक भएकमा विशेषज्ञसँग सम्पर्क राख्नुहोला वा [email protected] मा इमेल गरेर आफ्ना जिज्ञासाहरु सोध्न सक्नुहुनेछ हामी सम्बन्धित विशेषज्ञबाट जवाफ दिन मद्दत गर्ने छौ । सम्पादक

याे पनि पढ्नुहाेस् । 

‘नेपाली समुदायको पहुँच बढाउन पहल गर्छु’ तास्मानिया मल्टिकल्चरल काउन्सिलका सदस्य सन्देश परियार