MENU

मदन आश्रित स्मृति दिवसको अवसरमा सिड्नीमा रक्तदान

Blood Donation Program organised by ONUF
सिड्नी । प्रवासी नेपाली एकता मंच न्यू साउथ वेल्स राज्य कमिटीले २८ औं मदन आश्रित स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शनिवार १५ मे का दिन सिड्नीको टाउन हलमा रहेको रेडक्रस लाईफ ब्लड सेन्टरमा रक्तदान कार्यक्रम भएको हो ।

मंचका न्यूसाउथवेल्स अध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक कृष्ण सापकोटाका अनुसार कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मंच ग्लोबलका सचिव रमेश पाण्डे, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डे, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष महेन्द्र ओली मंचका पूर्व अध्यक्ष डा बिनोद श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरु सहभागि भएका थिए ।

मंचले आगामि दिनहरुमा रक्तदान र अन्य रचनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने अध्यक्ष सापकोटाले बताए ।

याे पनि पढ्नुहाेस् ।

डार्बिनमा मे २९ मा नेपाल फेस्टिभलः २० हजार दर्शक सहभागि हुने अनुमान