MENU

सिड्नीमा छठ पर्व मनाइने

Chhat Festival in Sydney 2021
सिड्नी । एसोसियसन अफ नेपाल तराई इन अष्ट्रेलियाले सिड्नीमा छठ पर्वको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

१० नोभेम्वर बुधवार साँझ अस्ताउँदो सूर्यलाई अर्ग दिने र ११ नोभेम्बर बिहिबार विहान उदाउँदो सूर्यको पुजा गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष सुभांश शाहले नेप्लिज अस्ट्रेलियलाई जानकारी दिए ।

उक्त अवसरमा विधिवत रुपमा छठी माईको पूजा गर्नुका साथै सहभागि सबैलाई फूल प्रसाद वितरण गरिने बताईएको छ ।

छठ कार्यक्रम एन्जेल पार्क चिपिङ नर्टनमा हुने बताईएको छ । कार्यक्रममा सहभागि हुन समुदाय सदस्यरुलई संस्थाले आमन्त्रण गरेको छ ।

संस्थाले हरेक वर्ष छठ र फागु पूर्णीमा पर्व मनाउदै अएको छ भने तरई क्षेत्रका जिल्लाहरुमा शिक्षा, स्वास्थ्य सम्बन्धी कार्यक्रमको लागि सहयोग गरिरहेको छ साथै बिपत्तको बेला आर्थिक सहयोगका कार्यक्रमहरु संचालन गर्ने गरेको छ ।