MENU

कोरोना अपडेटः देशभर पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाए

Nepalese Australian

COVID-19 Death in Nepal

काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप सात जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।

जसमध्ये काठमाडौंका ७१ वर्षीय एक महिला, ६६ र ७४ वर्षका दुई पुरुष, सिराहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुसाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

साथै, पछिल्लो २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर डिस्चार्ज हुनेको कूल संख्या १९ हजार १ सय १९ पुगेको छ । देशभर १४ हजार २ सय ५० जना आइसोलेसनमा रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना रहेका छन् ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै देशभर कूल ६ लाख २१ हजार ९ सय १ पीसीआर परीक्षण गरिएकोे छ । साथै, देशभर १० हजार ४ सय ५३ जना क्वारेन्टाइनमा रहेका छन् ।