MENU

भिक्टोरियामा कोभिड-१९ संक्रमित नेपालीहरू निको हुँदै

मेलबर्न । कोरोना भाइरसको दोस्रो लहरमा भिक्टोरिया राज्यमा बसोवास गर्ने झण्डै दुई सय नेपाली संक्रमित भएका थिए ।

उक्त राज्यमा संक्रमितको संख्या घटेसंगै अधिकांश कोभिड संक्रमित नेपालीहरु निको भएका छन् । नेपालीहरुमा कोभिड पोजेटिभ देखिए पनि गम्भिर प्रकारको संक्रमण नदेखिएकाले दुई देखि तीन साता भित्रमै सामान्य अवस्थामा फर्किएका थिए ।

सरकारी तथ्यांक अनुशार १ सय ४४ जना नेपालीमा कोभिड पोजेटिभ देखिए पनि सामाजिक संघ सस्थाको सम्फर्कमा आएकाहरुको तथ्यांक समेत जोड्ने हाे भने करिव दुई सय जना नेपालीलाई भिक्टोरियामा राज्यमा कोभिड पोजेटिभ देखिएको गैर आवासीय नेपाली संघ भिक्टोरिया राज्यका संयोजक प्रेम कंडेले बताए ।  “भिक्टाेरियामा संक्रमणको संख्या घटेपनि समूदायमा सहयोगको आवश्यकता छ” कंडेले भने ।

संक्रमितको संख्या सय भन्दा तल झर्याे

भिक्टोरियामा भाइरसको संक्रमण घट्दो अस्ट्रेलियाको भिक्टोरिया राज्यमा जुलाई पाँचपछि पहिलो पटक कोभि १९ – संक्रमितको संख्या सय भन्दा तलभरेको छ ।

स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार भिक्टोरियामा शनिबार ९४ जना नयाँ संक्रमित फेला परेका थिए भने र १८ जनाको मृत्यु भएको थियो । भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले हप्ताको अन्त्यसंगै संक्रमितको संख्या एक सय भन्दा तल झरेको जानकारी दिए ।

यससंगै मृतकको संख्या ५ सय १४ पुगेको छ भने देशव्यापी मृतकको संख्या ६ सय एक पुगेको छ । राज्यले विहिबार र शुक्रबार १ सय १३ जना नयाँ संक्रमित फेला परेको थियो । भिक्टाेरियाबासीहरूले भने  सरकारले राती ८ बजेदेखि विहान ५ बजेसम्म लगाउदै आएको कफ्र्यूको अन्त्य हुने अपेक्षा गरेका छन् । तर राज्य प्रमुख  ड्यानियल एन्ड्रयूजले तत्काल यो नियम नहटाइने बताए ।