MENU

अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, कहाँ कति छन् कोरोनाका विरामी ?

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८४ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ४ हजार ७३ जनाको ज्यान गइसकेको छ ।

अष्ट्रेलियामा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ४९ हजार नाघेको छ । जसमध्ये ३६१ जनाको अवस्था गम्भीर रहेको छ

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ३२ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्ट्रेलियाको सिमाना खोलेसँगै कोरोना संक्रमण बढेको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १० हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार, बिहीबार पिसिआर परीक्षणबाट ४ हजार ५७६ र एन्टिजेन परीक्षणबाट ६ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट ३१ जनाको मृत्यु भएको छ ।

यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ११ हजार २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट ३ हजार ८८९ र एन्टिजेन परीक्षणबाट ७ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भिक्टोरियामा शुक्रबार कोरोना संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ। भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ९६८ रहेको छ ।

क्वीन्सल्याण्डमा ६ हजार ८५७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ पिसिआर परीक्षणबाट ३ हजार ८४१ र एन्टिजेन परीक्षणबाट ३ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ५० हजार ५२२ रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । सोही अवधिमा क्वीन्सल्याण्ड कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

यस्तै तास्मनियामा ५७०, दक्षिण अष्ट्रेलियामा १३०० र एसीटीमा ४४९ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा कोरोना संक्रमणबाट दक्षिण अष्ट्रेलिया ४ र एसीटीमा जनाको मृत्यु भएको छ ।