MENU

पर्यटनमन्त्री योगेश भट्टराराईलाई कोभिड ‘पोजेटिभ’

काठमाडौं । नेपालका संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईको कोभिड परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उनको गत सोमबार कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । काठमाडौंं वाहिरका जिल्लाको कार्यक्रममा सहभागी भएर फर्किएका मन्त्री भट्टराईलाई शुक्रवार  ज्वरो आएको थियो ।

शनिवार पुनः परीक्षण गर्दा कोभिड पोजेटिभ रिपोर्ट आएको उनले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएका सवैलाई कोभिड परीक्षण गर्न समेत आग्रह गरेका छन ।

उनले फेसबुक पेजमा भनेका छन ? होसियार रहनु होस परिआएमा सामना गर्नुवाहेक के नै पो बिकल्प छ र ? उनी नेपालमा कोभिड पोजेटिभ देखिने पहिलो मन्त्रिपरिषदका सदस्य हुन ।