MENU

विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको निधन

Cricket legend Shane Warne has died at age 52
Cricket legend Shane Warne has died at age 52.

एजेन्सी– विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ ।

लेग स्पिनर वार्न थाइल्याण्डमा रहेका बेला अचेत भेटिएका थिए । उनको मेडिकल टिमले धेरै प्रयास गर्दा पनि होस आउन नसकेपछि मृत घोषणा गरिएको थियो ।

जारी सूचना अनुसार उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । ‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उनलाई ब्युँत्याउन सकिएन’ विज्ञप्तिलाई उद्धृत गर्दै फक्स क्रिकेटले लेखेको छ ।

वार्नले १५ वर्षे क्रिकेट करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिएका थिए ।

सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।

बाढी पीडितको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाले थाल्यो सहयोग संकलन अभियान