MENU

बाढी पीडितको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाले थाल्यो सहयोग संकलन अभियान

सिड्नी । अस्ट्रेलियामा बाढीको कारण क्षतिपुगेको क्षेत्रका बासिन्दालाई राहत उपलब्ध गराउनको लागि गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सहयोग संकलन अभियान सुरू गरेको छ ।

अत्याधिक वर्षाको कारण कुइन्सल्याण्ड र न्यु साउथ वेल्स राज्यका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

डुबानबाट प्रभावित भएको क्षेत्रका बासिन्दालाई सहयोग पुर्याउनको लागि देशभरबाट सहयोग संकलन थालिएको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष नन्द गुरूङले नेप्लिज अस्ट्रेलियनलाइ बताए ।

संकलित सहयोगबाट अत्यावश्यक सहयोग चाहिएका व्यक्तिलाई राहत उपलब्ध गराउने बताइएको छ ।

त्यसैगरी, डुबान क्षेत्रमा सरसफाइमा खटिएका सामुदायिक स्वयं सेवकहरुलाई चाहिने सामग्री उपलब्ध गराउने र समुदायलाई आवश्यक परेको सहयोग उपलब्ध गराउने योजना रहेको बताइएको छ ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका कोषाध्यक्षा अनिल पाेखरेलका अनुसार सहयोग गर्न चाहने व्यक्तिले गो फण्डमार्फत सुरु गरिएको अभियानबाट अथवा एनआरएनए अस्ट्रेलियाको प्रकोप उद्दार कोष बीएसबी ०३२००६ खाता नम्बर ५९५१२८ मा सहयोग उपलब्ध गराउन सकिने  छ ।
https://www.gofundme.com/f/dont-delay-give-today-feb-flood-relief-campaign?utm_campaign=p_cf+share-flow-1&utm_medium=copy_link&utm_source=customer

याे पनि पढ्नुहाेस् ।

नारी निकुञ्ज अस्ट्रेलियाले नारी दिवस विशेष कार्यक्रम आयोजना गर्ने