MENU

मेलबर्नमा समस्यामा परेका विद्यार्थीलाई घले दम्पत्तीको दशैं सहयोग

Sesh Ghale and Jamuna Ghale

मेलबर्न । अस्ट्रेलियाको धनाढ्य सूचीमा रहेका शेष घले र जमुना घलेले कोभिड-१९ का कारण समस्यामा परेका विद्यार्थीलाई दशैं मनाउन सहयोगार्थ दश हजार डलर प्रदान गरेका छन् ।

घले दम्पत्तिले दशैंको समयमा सँगै रमाइलो गर्ने उदेश्यले मायाको चिनोको रुपमा सो सहयोग गर्न लागेको बताए ।

कोभिड-१९ ले विश्वब्यापी प्रभाव पारिरहेका बेला अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली विद्यार्थीलाई रमाइलो सँग दशैं मनाउन बिजया दशमीको दिन चार सय बट्टा खाना वितरण गरिने छ ।

खानाको दशैं खान सेट मोमो किङडम र नेपाली डाइनिङ रुमले दशैंको टिकाको दिन तयार गर्ने छन् ।

मेलबर्नमा अप्रिलदेखि चौथो चरणको लकडाउन लागू गरिएको छ । जस कारण अन्र्तराष्ट्रिय विद्यार्थीहरु प्रभावित भएका छन् ।

तर दशैंको समयमा नेपाली विद्यार्थीहरुले समस्या झेलिरहेको हुनसक्ने भन्दै उनीहरुले सो सहयोग गरेका हुन् ।