MENU

विश्व चर्चित फुटबल खेलाडी म्याराडोनाको निधन

Diego Maradona,global soccer icon, dies at age 60
Diego Maradona,global soccer icon, dies at age 60

विश्व चर्चित अर्जेन्टिनी फुलबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ ।

चर्चित फुटबल खेलाडी म्याराडोनाको यही नोभेम्बरको शुरुमा मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा निधन भएको बीवीसी लगायत अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

६० बर्षीय म्याराडोना अर्जेन्टिनाका आक्रमक मिड फिल्डर थिए । ८० को दशकमा विश्वका सबैभन्दा चर्चित खेलाडीको रुपमा रहेका म्याराडोना अर्जेन्टिनी फुटवल टिमको क्याप्टेन हुँदा सन् १९८६ मा अर्जेन्टिनाले विश्व कपको उपाधी चुमेको थियो ।

यसको अतिरिक्त उनले विश्व रेकर्डहरु छन् । उनी आफ्नो खेल जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा लोकप्रिय थिए ।

उनले बार्सिलोना र नापोली क्लवहरुमा रहेर खेलेका थिए । म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाको लागि ९१ वटा खेलहरुमा ३४ गोल गरेका थिए । आफ्नो खेल जीवनको उत्तरार्धमा सन १९९१ मा उनले कोकिन प्रयोग गरेको प्रमाणित भएपछि १५ महिना खेलबाट प्रतिबन्धित हुनुपरेको थियो ।

म्याराडोनाले ३७ बर्षको उमेरमा व्यवसायिक खेलबाट सन् १९९७ मा सन्यास लिएका थिए । खेल जिवनबाट सन्यास लिएपनि उनले सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका थिए ।

सन २०१० को विश्वकपमा आफ्नो टिम जर्मनीसँग क्वाटर फाइनलमा पराजित भएपछि मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका थिए ।

म्याराडोनाको निधनले विश्वभरका फुटबल खेलाडी र खेलप्रेमीहरुमा ठूलो चोट पुर्‍याएको छ ।